ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीको माथिल्ला भेग आन्तरिक पर्यटकले भरिभराउ


एबीसी / संवाददाता
माघ २३, २०७८ आईतबार  १२ : ५६ बजे

गलेश्वर, २३ माघ । म्याग्दीका माथिल्लो क्षेत्र यतिखेर आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । हिउँमा खेल्न लेकमा जाने आन्तरिक पर्यटकले जिल्लाका माथिल्लो क्षेत्र भरिएका हुन् । हिउँसँग रमाउन र दृश्यावलोकन गर्न लेकतर्फ उक्लिएको बेनी नगरपालिका–२ का सन्तोष खड्काले बताउनुभयो । “मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिइनँ, यस वर्ष हिउँ खेल्न लेकतिर उक्लिएको हुँ”, उहाँले भन्नुभयो, “धेरै वर्षपछि लेकमा पुगेर साथीहरूसँग हिउँ खेल्दा निकै आनन्द आयो ।”

उहाँसँगै हिउँ खेल्न जिल्लको पर्यटकीय क्षेत्र टोड्केमा पुग्नुभएका सुमन रिजालले पनि पहिलोपटक हिउँ खेल्न पाउँदा निकै आनन्द आएको बताउनुभयो । “चिसो लाग्ला भन्ने डरलाई हिउँ खेल्दाको आनन्दले जित्यो”, उहाँले भन्नुभयो, “यहाँको दृश्य र हिउँको रमाइलोले सबै कुरा बिर्साउँदोरहेछ ।” जिल्लाका छवटै स्थानीय तहका माथिल्लो क्षेत्रमा तीन दिनसम्म भारी हिमपात भएको थियो । सरदमुकाम बेनी बजारबाट नै गाउँका डाँडामा परेको हिउँको दृश्यावलोकन गर्न सकिने भए पनि हिउँसँग खेल्न लेकमा नै उक्लनुपर्दछ । जिल्लाका पर्यटकीयस्थल घोडेपानी, रुइसे, टोड्के, झाँक्रीपानीलगायतका स्थानमा हिउँ खेल्न शनिबार उल्लेख्य मात्रामा आन्तरिक पर्यटक पुगेका थिए । सदरमुकाम बेनीबजारबाट ती क्षेत्रमा पुग्न गाडीमा दुईदेखि पाँच घण्टाको समय लाग्छ । यातायातको सुविधा भएको हुनाले पनि पछिल्लो समय म्याग्दीका पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको पर्यटन व्यवसायी बताउँछन् । बेँसीबाट हिउँ खेल्न मानिस पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ । “हिउँमा खेल्न आएका मानिसले केही न केही खानेकुरा किनेर खाने गर्छन्, यका कारण यहाँको व्यापार बढेको छ”, होटल व्यवसायी मोहन खत्रीले बताउनुभयो । हिउँ खेलेपछि मानिस खाजाका लागि प्रायः होटलमा छिर्ने गरेको जनाउँदै उहाँले हिमपातका कारण स्थानीय होटल व्यवसायीलाई बढी फाइदा भएको जानकारी दिनुभयो ।

शनिबार म्याग्दीको पर्यटकीयस्थल टोड्केमा मात्रै हिउँ खेल्नका लागि ३०० भन्दा बढी युवायुवती पुगेका टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको टोड्केबाट संसारको सातौँ अग्लो हिमाल धवलागिरि, दशौँ अग्लो अन्नपूर्ण तथा निलगिरि, माछापुच्छे, गुर्जा, चुरेन, मानापाथीलगायतका दर्जनौँ मनोरम हिमशृङ्खला देखिनुका साथै यस समय वनैभरि राताम्यै फुलेको लालीगुराँससग रमाउन पाइन्छ । माघको तेस्रो साता परेको हिमपातका कारण बाली सप्रिने र खेतीपातीमा चिस्यान कायम रहने भएकाले म्याग्दी र मुस्ताङका कृषक उत्साहित भएका छन् । तेस्रोपटक भएको भारी हिमपातले कृषि क्षेत्रलाई ठूलो राहत पुग्ने भएकाले किसान खुशी भएका हुन् । मुस्ताङका स्याउ किसान शेभन गुरुङले हिमपातले यस क्षेत्रको हिउँदे बालीलाई निकै फाइदा पुर्‍याउने बताउनुभयो । उहाँका अनुसार समयमै परेको हिमपातले स्याउ बगैँचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ । बिरुवा काँटछाँट र हिउँ सङ्कलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम गरिन्छ । यसले सिँचाइ पहुँच नभएको ठाउँमा राहत पुग्ने उहाँले जानकारी दिनुभयो ।

माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिएको छ । विशेषगरी अहिलेको हिउँले स्याउ बगैँचालाई फाइदा पुग्ने भएकाले कृषिमा आश्रित म्याग्दी र मुस्ताङका झण्डै ४० हजार घरधुरी लाभान्वित हुने भएका छन् । यता हिमाली जिल्ला म्याग्दीका किसान पनि चिसोका कारण केही समय समस्या भए पनि हिउँदे वर्षा र हिमपातका कारण गहुँ, जौँ, उवा, फापर, आलुलगायत सागपात र फलफूलको उत्पादन राम्रो हुने भएकाले खुशी भएका छन् । यस वर्ष पटक–पटक हिमपात र वर्षा भएकाले किसान भने कष्टकर जनजीवनबीच पनि उत्साही छन् । “आकाशे वर्षाले गहुँ, जौँ, उवा, फापर, आलुलगायतका हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले जनजीवन कष्टकर भए पनि हामी खुशी छौँ । गहुँ, जौँ, उवाजस्ता खेतीबाली र स्याउसमेतका हिमाली फलफूल समयमा हिउँ पर्दा फस्टाउँछन् ।” कृषक रणबहादुर विकले भन्नुभयो ।
वर्षा र हिमपातले जिल्लाका किसान औधी खुशी भएका छन् । यहाँका उच्च पहाडी क्षेत्रमा गुर्जामा पाँचौँपटक र अन्य क्षेत्रमा तेस्रोपटक हिमपात भएको हो । यसअघि गत पुस १३ गते पनि यहाँ हिमपात भएको थियो । वर्षासँगै हिमपात भएपछि हिउँदेबाली बाली सप्रिने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

बालेन सरकारलाई कार्यसूचीमा थप गर्न पूर्वप्रधानमन्त्री भट्टराईले दिए यस्ता सुझाव

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com