ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड तय गर्न समिति गठन


एबीसी / संवाददाता
माघ १९, २०७८ बुधबार  १२ : ४२ बजे

जनकपुर, १९ माघ । मधेस प्रदेशअन्तर्गतको आमसञ्चार प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमासम्बन्धी मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ । प्राधिकरणले पत्रकारको स्वास्थ्य बिमा गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरी १९ सदस्यीय मापदण्ड निर्धारण समिति गठन गरेको हो ।

समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका अध्यक्ष, प्रदेशका आठवटै जिल्लाका पत्रकार महासङ्घ शाखाका अध्यक्ष वा प्रतिनिधि, सामुदायिक रेडियो प्रसारक सङ्घ, व्यावसायिक रेडियो, टेलिभिजनका प्रतिनिधि, आमसञ्चार प्राधिकरणका प्रशासकीय अधिकृत, मिडिया काउन्सिलका प्रशासकीय अधिकृत र दुई वरिष्ठ पत्रकारलाई राखिएको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो । यस्तै सो समितिमा आमसञ्चार प्राधिकरणका अध्यक्ष यादव र मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईलाई आमन्त्रित सदस्यका रूपमा राखिएको जनाएको छ । आमसञ्चार प्राधिकरणले प्रदेशभरिका पत्रकारका लागि रु सात लाखको स्वास्थ्य बिमा गराउने तयारी गरेको छ । प्राधिकरणका अध्यक्ष यादवका अनुसार उक्त बिमामा स्वास्थ्यका साथै पत्रकारको दुर्घटना बिमा पनि समावेश गरिने छ ।

पत्रकार अस्वस्थ्य भएमा या दुर्घटनामा परेमा रु एक लाखसम्मको खर्च बिमाबाट व्यहोरिने र पत्रकार अशक्त भएमा या मृत्यु भएमा रु सात लाख प्रदान गरिने गरी बिमा गर्न लागिएको अध्यक्ष यादवले बताउनुभयो । मधेस प्रदेशसभा सचिवालयले प्रदेशसभाअन्तर्गतका लामो समयदेखि रिक्त विभिन्न विषयगत समितिका सभापति चयन प्रक्रिया सुरु गरेको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी प्रदेशसभाअन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयन प्रक्रिया सुरु गरेको जनाएको छ । प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ ।

प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५, को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ गते सोमबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ । प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिको सभापति हुने व्यवस्था छ । लामो समयदेखि सो समितिको सभापति पद रिक्त छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com