ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल जारी, निर्वाचनको मिति तोक्नेबारे परामर्श


एबीसी / संवाददाता
माघ १८, २०७८ मंगलबार  ३ : ३२ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भइरहेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा जारी छलफलमा स्थानीय तहको निर्वाचनको मितिबारे कुराकानी भइरहेको छ ।

आयोगले यसअघि नै स्थानीय निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । तर, सत्तारुढ गठबन्धनभित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको छैन । गत शनिबार बसेको गठबन्धनको बैठकले जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई छलफलमा बोलाउनुभएको हो ।

गठबन्धनको बैठकले संविधानअनुसार ऐनमा आवश्यक संशोधन गर्न सुझाव दिएपनि सरकारले वर्तमान ऐनमा संशोधन नगरी जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेको छ । त्यहीअनुसार प्रधानमन्त्री देउवाले आयोगलाई छलफलमा बोलाउनुभएको हो । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्योभन्दा अगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम यसअघि आयोगले एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख २२ गते निर्वाचन गर्न सकिने सुझाव दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

Communist Unity is Today’s Imperative: Coordinator Prachanda

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com