ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलुका बोट सप्रिएपछि रसुवाका किसान खुसी


एबीसी / संवाददाता

रसुवा, १८ माघ । दक्षिणी भेगका खेतीयोग्य जमिनमा लगाइएका हिउँदे आलुको बोट सप्रिएपछि यहाँका किसान खुसी भएका छन् । धान उत्पादनपश्चात् गत मङ्सिरमा रोपिएका आलु गोडमेल गर्दा जरामा राम्रोफल भेटिएपछि किसानमा उत्साह बढेको हो । उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाअन्तर्गत तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने हजारौँ किसान आलुखेतीमा सहभागी हुँदै आएका छन् ।

पहिरेबेँसी, बनुवा, मनिगाउँ, पहिरे, कुडुल्ले, गिद्धेखोला, जिबजिबे, गैरीगाउँ, रूप्सेपानी, भदौरे, सरमथली, दनुस्वारा, लगायतका फलाखु खोला, धोवी खोला, अँधेरी खोला एवं पाहाखोलाको पानीले पौँच पुग्ने क्षेत्रका आसपासमा आलु रोप्ने किसानले प्राथमिकता दिँदै आएका छन् । दक्षिणी भेकका अधिकांश खेतबारीमा आलुको साथसाथै हिउँदे तरकारी रोप्नसमेत जागरण आइसकेको छ । यो वर्षको उत्पादित आलु बिक्रीबाट रु तीन करोड आय हुनसक्ने स्थानीय किसानले अनुमान गरेका छन् । आलुका अतिरिक्त दैनिक जीविकोपार्जन सहज हुने गहुँ, तोरी, मुला, बन्दा, काउली, हरिया साजसब्जी जस्ता तरकारीमा पनि जागरण बढिरहेको बनुवाका विष्णुप्रसाद आर्चायले बताउनुभयो । आफ्नै खेतबारीमा अर्गानिक तरिकाले उत्पादन गरिएका थोरबहुत हिउँदे तरकारी बिक्रीको प्राप्त आयबाट अधिकांश किसानलाई नून, तेल जस्ता दैनिक अत्यावश्यक बस्तुको गर्जोटार्नसमेत सहज भएको आर्चायले जानकारी दिनुभयो । उत्तरी रसुवाका अधिकांश भागमा हिमपात हुने र केही भागमा जमिन अत्यधिक चिसो हुने भएका कारण राम्चेदेखि उत्तरतर्फको पूरै भागमा भने बर्षे आलु मात्र रोप्ने चलन छ ।

राम्चे, धुञ्चे, भार्खु, हाकु, गोल्जुङ, गतलाङ, यार्सालगायतका क्षेत्रमा फागुनको तेस्रो हप्तादेखि आलु रोप्ने काम सुरू हुने किसान रामकाजी तामाङले बताउनुभयो । यतिखेर उत्तरी रसुवाका किसान बर्षेआलु रोप्नका लागि जमिन तयारी गर्ने काममा जुटेका छन् । फागुनमा रोपिएको आलु साउनको १५ देखि खन्न सुरु भई भदौसम्ममा बिक्री भइसक्ने र खरिदकर्ता गाउँटोलमै पुग्ने गरेका छन् । गएको वर्षा उत्तरी भेगमा करिब पाँच करोड बराबर बर्षे आलु उत्पादन भएको स्थानीय अनुमान रहेको छ ।
रसुवा जिल्ला हिमाली क्षेत्र भएको र गाई बाख्रापालन गरेर बारीमा मलखादको व्यवस्था गर्ने, विषादी औषधि प्रयोग नगर्ने परम्परा भएका कारण रसुवामा उत्पादित आलु बिक्रीले पहिलो प्राथमिकता पाउने गरेको किसान याकबहादुर लिम्बू बताउनुहुन्छ । विसं २०४० अगाडिसम्म काउली, आलु, लसुन, प्याज आदि खरिद गर्न पनि नुवाकोटको त्रिशूली बजार पुग्नुपर्ने थियो भने अहिले प्रत्येक किसानका बारीमा सब्जी उत्पादन हुनथालेको बताउँदै स्थानीय किसान भवनाथ पौडेलले भन्नुभयो, “सरकारले कृषि क्षेत्रमा ल्याएको जागरण जनहितकारी बन्दै गएको छ ।” पहिला परम्परागत मुला र रायोको सागमात्र उत्पादन गरिन्थ्यो भने अहिले कृषिको जागरण र सिँचाइको व्यवस्थापनले दैनिक तरकारीको परिकार फेरेर खाने चलन आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com