ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा सदस्य शाहीको दुःखेसो


एबीसी / संवाददाता

कर्णाली, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य सोशिला शाही आज बैठक सञ्चालन भएकै अवस्थामा सभाहलबाट बाहिरिनुभयो । प्रदेशसभाको नवौँ अधिवेशनको तेस्रो बैठकका क्रममा असन्तुष्टि जनाउँदै उहाँ बाहिरिनुभएको हो ।

उहाँले बैठकको सुरुमा आपत्ति जनाए पनि त्यही समय लिँदै नेकपा (एमाले) प्रदेशसभा दलका नेता यामलाल कँडेलले करिब ४० मिनेट बोलिरहँदा सदस्य शाही त्यतिञ्जेल सभामा उभिरहनुभयो । जब नेता कँडेलले धारणा राखेर सक्नुभयो त्यसपछि सभामुख शाहीले के होला माननीय सदस्य ? छोटोमा कुरा राख्नुहोला भनेर उहाँलाई समय दिनुभयो । करिब ४० मिनेट सभामा उभिनुभएकी सदस्य शाहीले गहकिएर भन्नुभयो, “सभामुख महोदय, हाम्रो दलले स्थान पाउने कि नपाउने ? सभामा सबै दलको मान्यता त्यही त होला नि ? प्रदेशसभा सचिवालयले गरेको व्यवस्था मिलेन कि ? मलाई बारम्बार सिटकै लागि मरिहत्ते गरेजस्तो किन गरिँदैछ रु मैले पनि कुनै न कुनै धारणा राख्ने वातावरण तयार गर्नुपथ्र्यो कि ? कर्णाली प्रदेशका निमुखा जनताले सरकार, प्रमुख प्रतिपक्षीसहित अन्य दलको धारणा सुन्न पाउनु पर्‍याे नि ?”

कर्णालीमा विकास, समृद्धि भएन भन्ने कुरा उठे पनि विकास कति भयो/भएन भन्ने कुराको मूल्याङ्कन १० जिल्लाका जनताले गरेको उहाँले बताउनुभयो । सानो दलले विश्वासको मत दिँदा सत्तापक्ष र नदिँदा अर्को पार्टीको भयो भन्ने कुन सोच राखिन्छ भने सभामुख महोदय, मैले जाने कहाँ ? प्रश्न गर्दै सदस्य शाहीले भन्नुभयो, “कि गेटबाटै फर्कनुपर्ने हो ? दलको मान्यता दिएपछि त्यहीअनुसार सिटको पनि त व्यवस्था हुनुपर्‍याे । अब म यत्तिकैमा जान्छु र सिटको व्यवस्था होस् ।”

अब बैठक आउन पाइए आउला, नआउन पाइए नआउँला, मेरो आवश्यकता भए बोलाउनु होला नभए नबोलाउनु होला । चार दलले कर्णालीको विकास गर्नु, मैले घुमाएर रिङ्ग्याएर कुरा गर्न जानेको छैन भन्दै उहाँ बैठकबाट बाहिरिनुभयो । त्यसपछि सभामुख राजबहादुर शाहीले बैठक आधा घन्टाका लागि स्थगन भएको सूचना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com