ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैनिक झ्याप्प झ्याप्प विद्युत् काटिँदा विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या


एबीसी / संवाददाता

भक्तपुर, १३ माघ । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन् । आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत् बन्द भएर पढाइनै बिग्रिएपछि तनावमा परेकी हुन् ।

उनी मात्रै होइन आजभोलि दिउँसो र राति लोडसेडिङको झझल्को दिने गरी दैनिक विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षामा सहभागी भएको हजारौँ विद्यार्थीदेखि कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेका बिरामीसमेत मारमा परेका छन् । सुनिता भन्छिन्, “थाहै नदिइ जतिबेला पनि दैनिक झ्याप्प झ्याप्प बत्ती जान्छ, अनलाइन कक्षा गर्दा धेरै मारमा परियो, सरले पनि गाली गर्नुहुन्छ, मेरो मात्रै हैन, भाइबहिनीदेखि साथीहरुको समस्या पनि उस्तै छ, बत्ती गएर हाम्रो पढाइ बिग्रिँदा यसको जिम्मेवारी विद्युत् प्राधिकरणले लिनुपर्दैन ?” सुनिता त प्रतिनिधि पात्र मात्रै हुन, अचेल मध्यपुरथिमि राधेराधे क्षेत्रमा मात्रै नभइ भक्तपुरका विभिन्न क्षेत्रमा बिना सूचना विद्युत् प्राधिकरणले दिउँसो मर्मतका नाममा दैनिक एक घण्टादेखि चार घण्टासम्म विद्युत् आपूर्ति बन्द गर्दा धेरैलाई समस्या परेको गनासो छ ।

कोभिड–१९ को सङ्क्रमणमा परेर होम आइसोलेशनमा बस्नु भएका मध्यपुरथिमि नगरपालिका–९ कमेरोटारकी ७४ वर्षीय नरबहादुर थापाको समस्या पनि उस्तै छ । दैनिक अक्सिजन लिनुपर्ने भएपछि परिवारले अक्सिजन कन्सन्ट्रेटरनै घरमा ल्याएर राखिदिएका छन् । तर दैनिक घण्टौँ बत्ती जाँदा अक्सिजनसमेत लिन नपाएको गुनासो उहाँको छ । थापाका छोरा गोकुल थापाले भन्नुभयो, “दैनिक अक्सिजन सिलिण्डर बोक्न समस्या भएकाले एक लाख तिरेर अक्सिजन कन्सन्ट्रेटर मेसिननै ल्याएर घरमा बुबालाई अक्सिजन दिन थालियो तर बत्ती जाँदा फेरि त्यही सिलिण्डरको भर पर्नुपरेको छ, कहिले त प्राधिकरणले अघोषित लोडसेडिङ पो गरेको हो कि जस्तो लाग्छ ।” दिउँसो त लाइन मर्मतको नाममा प्राधिकरणले बत्ती काट्छ, तर राति के भएर दैनिक १५–२० मिनेटको फरकमा झ्याप्प झ्याप्प बत्ती जान्छ उपभोक्ता छक्क परेका छन् । एक सातायता मध्यपुर थिमिको राधेराधे, सङ्गम कोलोनी, कमेरोटारलगायतका क्षेत्र र जिल्लाका अन्य क्षेत्रमा पनि साँझ परेपछि दैनिक झ्याप्प झ्याप्प बत्ती जाने गरेपछि उपभोक्ता दिक्क भएका छन् ।

सूर्यविनायक नगरपालिका–२ बालकोटका मञ्जु न्यौपानेले भन्नुभयो, “सरकार विद्युत् जति पनि छ, अब ग्यासमा हैन, इन्डक्सन चुलोमा खाना बनाउनुस् भन्छ, विद्युत् प्राधिकरण झ्याप्प झ्याप्प बत्ती काट्छ, हामीले दैनिक बत्ती जाने समस्याले वाक्क भइसक्यौं ।” राति बत्ती जान थालेपछि विद्युत् प्राधिकरणका कर्मचारीले पनि सास्ती भोग्ने गरेका छन् । राति पटक पटक बनाउन जाँदा सास्ती भएको उनीहरु बताउँछन् । कर्मचारीले पनि बत्ती जान थालेपछि नोलाइटमा फोन उठाउनै नभ्याउने गरी गुनासो आउने गरेको विद्युत् प्राधिकरण नोलाइटका एक कर्मचारीले बताउनुभयो । ती कर्मचारीले भन्नुभयो, “राति हामीले बत्ती काट्ने होइन, बत्ती खपत बढी भएपछि ट्रान्समिटरले लोड धान्न सक्दैन, बत्ती गइरहन्छ, कहाँ समस्या हो, पहिचान गरेर कर्मचारी बनाउन जाँदा आधा घण्टा त लागिहाल्छ, बनाएर आउन नपाइ फेरि बत्ती गयो भन्ने गुनासो आउँछ, हामीलाई पनि कहाँ सजिलो छ र रु ग्राहकले यो कुरा बुझ्दैनन्, कहिले त फोनमै गाली गर्छन् ।”

नेपाल विद्युत् प्राधिकरण थिमि शाखाका प्रमुख रोहिनी पौडेलले दिउँसो समस्या आएका ठाउँमा लाइनमर्मत गर्न जाँदा विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताउनुभयो । राति भने लोड धान्न नसकेर समस्या आएको उहाँको भनाइ छ । राति घर–घरमा हिटरदेखि इन्डक्सनसम्म बल्ने गरेको र एकै पटक खपत धेरै हुँदा ट्रान्समिटरले लोड धान्न नसकेर बत्ती जाने गरेको उहाँको भनाइ छ । दैनिक बत्ती जान थालेपछि ग्राहकको निकै गुनासो आउन थालेको बताउँदै प्रमुख पौडेलले भन्नुभयो, “राति एकै पटक धेरै विद्युत् खपत हुन थालेका छ, ट्रान्समिटरले लोड नै धान्दैन, लोड धान्न नसकेपछि ट्रान्समिटरको एमसिबी झरेको झ¥यै गर्छ, अनि बत्ती गइरहन्छ, ट्रान्समिटर नफेरेसम्म यो समस्या आउने देखिन्छ ।” ट्रान्समिटर फेर्नका लागि पहल गर्ने उहाँको भनाइ छ ।

हरेक क्षेत्रमा बस्ती बढ्दै जाँदा विद्युत्को खपत पनि बढेको तर प्राधिकरणले ट्रान्समिटरको क्षमता भने नबढाउँदा समस्या आएको प्राधिकरणकै कर्मचारीको भनाइ छ । “२० वर्ष अगाडिका ट्रान्समिटर अझै चलेका छन्, समस्या भएको ठाउँमा र माग बढी भएको ठाउँमा थप क्षमताको ट्रान्समिटर राख्नुपर्छ, तर केन्द्रले त्यसतर्फ ध्यान दिनसकेको छैन, ग्राहकको गाली भने हामी दिनरात खटिने कर्मचारी खान्छौँ, खै हामी साना कर्मचारीले के भन्ने”, ती कर्मचारीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री देउवालाई एमालेले भन्यो – रातो बत्ति बलि सक्यो अब ब्यूँझिनुस्

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई निद्राबाट ब्यूँतिन आग्रह गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै एमाले सांसद

देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न

काठमाडौँ — प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सकिएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

  गुल्मी ३ जेठ । गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । त्यहां नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा

सम्बन्धित

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

पाल्पाको रामपुरमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

प्रदेश नम्बर १को मत परिणामा पनि एबीसी एक्जिट पोल जस्तै : नेका पहिलो, एमाले दोस्रो र माके तेस्रो (पूरा विवरण)

धुनिबेशीका नेता आचार्यको राजनीतिक इतिहास यस्तो छ

बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादी विजयी

लमजुङको सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कोइराला विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com