ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कोरोनाको ग्राफ निरन्तर उकालो लागे’सँगै जडिबुटीको धुलोको माग बढ्दो


एबीसी / संवाददाता

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गुर्जोलगायत जडिबुटीबाट बनेको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने धुलोको माग बढ्न थालेको छ ।कोरोनामा गुर्जोलगायत जडिबुटीले राम्रो गरेको अनुभव भएपछि धेरैको आकर्षण यसतर्फ बढेको हो ।

विसं २०७६ चैतमा नेपालमा कोरोना भाइरस भेटिएपछिदेखि नै मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोलगायत जडिबुटी मिसिएको पोका निःशुल्क वितरण गर्दै आउनुभएका आन्तरिक राजश्व कार्यालयमा कार्यरत कमलबहादुर राजलवटले यसपटक पनि अभियानलाई तीव्रता दिनुभएको छ । हाल ४० जिल्लाका १२० स्थानबाट निःशुल्क गुर्जोलगायत करिब ६० जडिबुटी मिसिएको धुलो वितरण भइरहेको उहाँले जानकारीदिनुभयो ।

नेपालमा पहिलोपटक कोरोना देखिँदा आन्तरिक राजश्व कार्यालय लहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत उहाँले त्यसबेलादेखि नै देशभर निःशुल्क जडिबुटीको धुलो वितरण शुरु गर्नुभएको हो । कार्यालय सरुवा भएर काभ्रपलाञ्चोकको धुलिखेलमा आएपछि पनि उहाँले जडिबुटीको धुलो वितरणलाई निरन्तरता दिनुभएको छ । गुर्जोकोमात्र धुलो वितरण गरेर अभियान शुरु गर्नुभएका राजलवटले कोरोनाको दोस्रो लहरका बेला ४८ जडिबुटीको धुलो बनाएर वितरण गर्नुभएको थियो ।

गुर्जोलगायत ५६ जडिबुटीबाट बनेको धुलोको माग बढ्दो

कोरोनाको तेस्रो लहर शुरु भएपछि भने उहाँले ५६ प्रकारका जडिबुटीको धुलो बनाएर निःशुल्क वितरण गर्न थाल्नुभएको छ । तेस्रो लहरको कोरोना छिटो फैलने र यसले परिवारका सबैजसो सदस्यलाई ग्रस्त बनाउन थालेपछि यसको माग बढेको हो । कार्यालय समय बाहेक बिहान र बेलुका जडिबुटीको धुलो बाँडेर नै बिताउने गर्नुभएका राजलवट कोरोनालगायत फ्लुजन्य रोगबाट बच्न जडिबुटीको धुलो प्रभावकारी भएको अनुभव सुनाउनुहुन्छ । एकपटक जडिबुटीको धुलो प्रयोग गरेकाले पटकपटक फोन गरेर थप धुलो मगाउने गरेका छन् ।

हाल गुर्जो, तुलसी, असुरो, लेमनग्रास, कटीपत्ता, ज्वानो, मेथी, दालचिनी, तेजपात, हर्रो, बर्रो, अमला, ल्वाङ, अलैँची, टिम्बुर, मरिच, सुठो, बेसार, पिपला, अपमार्ग, सनईपत्ता, निपोध, निम, चिराइतो, बकाइनो, ज्येष्ठमधु, वायुविरिङ, चुत्रो, नागरमोथी, सुन्तलाबोक्रा, अनारबोक्रा, लज्जावती, पुनःनभा, अम्बापात, पारिजात पात, आँप पात, वर पात, पिपल, मेवा पात, बोझो, तितेपाती, रुदिलो, कालोजिरा, बेलपात, माझिम फल, जङ्गे हर्रो, सिमल फुल, पुदिना, ठूलो ओखती, अर्जुन छाल, धनियाँ, ब्राह्मी, कोइरालो, खयर, सयपत्री, गोदावरी गरी ५६ वटा जडिबुटीबाट बनेको धुलो बनाएर वितरण गरिएको छ ।
कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विका लागि गुर्जोसहितको धुलो उपयोगी मानिने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहुन्छ । आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी यो धुलो वितरण शुरु गरिएको हो । आयुर्वेद चिकित्सक स्व डा ऋषिराम कोइराला, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवलगायत चिकित्सकको सल्लाहमा यो धुलो तयार पारिएको अभियानकर्मी राजलवट बताउनुहुन्छ ।

सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएका मानिसले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् । कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आइसोलेसनमा राखिएका कोरोना पोजेटिभलगायतलाई गुर्जोलगायत जडिबुटीकै सेवन गराउने गरिएको कार्यकारी निर्देशक यादवले सुनाउनुभयो । यी केन्द्रमा बिहान बेलुका प्राणायाम, योग र ध्यानसमेत गराइन्छ । यो विधिबाट उपचार गर्दा बिरामी ठीक भएर फर्कने गरेको उहाँको भनाई छ ।

हालसम्म करिब तीन लाखभन्दा बढीलाई गुर्जोका बिरुवा वितरण गरिएको उहाँले जानकारीदिनुभयो । त्यति नै सङ्ख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिक स्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करिब पाँच लाख मानिसलाई खुवाइएको राजलवट बताउनुहुन्छ । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ । यस्तै महत्वको औषधी भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधीको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा खरेल बताउनुहुन्छ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उहाँले बताउनुयो । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडिबुटी एवं वनस्पति भएपनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडिबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधी नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ ।

आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक खरेलको भनाइ छ । आयुर्वेद औषधी उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री देउवालाई एमालेले भन्यो – रातो बत्ति बलि सक्यो अब ब्यूँझिनुस्

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई निद्राबाट ब्यूँतिन आग्रह गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै एमाले सांसद

देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न

काठमाडौँ — प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सकिएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

  गुल्मी ३ जेठ । गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । त्यहां नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा

सम्बन्धित

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

पाल्पाको रामपुरमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

प्रदेश नम्बर १को मत परिणामा पनि एबीसी एक्जिट पोल जस्तै : नेका पहिलो, एमाले दोस्रो र माके तेस्रो (पूरा विवरण)

धुनिबेशीका नेता आचार्यको राजनीतिक इतिहास यस्तो छ

बेनी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा माओवादी विजयी

लमजुङको सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कोइराला विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com