ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नोबेल मेडिकल कलेजमा विद्यार्थी र प्रशासनबीच झडप


एबीसी / संवाददाता

काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क लिएको विरोधमा उत्रिएका आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच झडप भएको छ । नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका नया“ विद्यार्थीस“ग अतिरिक्त शुल्क लिएपछि विभिन्न राजनीतिक संगठनसहित विद्यार्थीहरूले आन्दोलन गर्दैआएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङको सहयोगमा पीडित विद्यार्थीहरूले स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्दै सोमबार सिटी जुलुस प्रदर्शन गरेका थिए । जुलुस प्रदर्शन गर्ने क्रममा आन्दोलनरत विद्यार्थीहरूले तालाबन्दी गरेको कलेज प्रशासनमा कर्मचारीहरूले काम गरिरहेको र भारतीय विद्यार्थी, छात्रवृत्ति र अतिरिक्त शुल्क तिरेका विद्यार्थीहरूलाई अनलाइन कक्षा सञ्चालन गरिरहेको देखेपछि विरोव जनाउ“दा झडप भएको हो ।

आन्दोलनरत विद्यार्थीहरूले कलेज प्रशासनमा लगाइएको तालाबन्दीको अवस्था हेर्न जाने क्रममा कलेजका सुरक्षा गार्डले भाटाले हिर्काएपछि १० जना विद्यार्थी नेताहरू घाइते भएका छन् । समाजवादी विद्यार्थी यूनियनका साहिल झा, अखिल क्रान्तिकारीका टेकेन क्षेत्री, उमेश सेन्चुरीलगायतका विद्यार्थी नेताहरू घाइते भएको अनेरास्ववियुका नवीन पहाडीको भनाइ छ । सुरक्षा गार्डको आक्रमणबाट जोगिँदै कलेज प्रशासन कार्यालय पुगेका विद्यार्थीहरूले भित्र कर्मचारीले नर्सिङ डिपार्टमेन्टबाट पसेर काम गरिरहेको देखेपछि तोडफोड गरेका थिए । विद्यार्थीहरूले प्रशासन फा“टको दुई वटा कम्प्युटर, प्रिन्टर, झ्याल, ढोकाको सिसा फुटाएको कलेज प्रशासनले आरोप लगाएको छ । विद्यार्थी र सुरक्षा गार्डबीच भएको झडपको क्रममा नोबेल अस्पतालको औषधि पसलमा समेत तोडफोड भएको छ । विद्यार्थीहरूमाथि सुरक्षा गार्डले आक्रमण गरिरह“दा सुरक्षाकर्मीहरू भने मुकदर्शक बनेका थिए । सुरक्षाकर्मीको व्यवहारले स्थानीय प्रशासनले नोबेल मेडिकल कलेजलाई संरक्षण गरिरहेको अनुभूति भएको आन्दोलनरत विद्यार्थीहरूले गुनासो गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने कोरोनाको ओमिक्रोन भेरिएन्ट समुदायस्तरमा फैलिसकेको अवस्थामा आन्दोलन गर्दा संक्रमण फैलिने जोखिम बढेकाले नोबेल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनलाई आन्दोलन स्थगित गर्न आइतबार निर्देशन दिनुभएको थियो । प्रजिअ दाहालले पठाएको पत्रमा नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्कको विषयमा अनुसन्धान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढिसकेकोले पनि आन्दोलनको औचित्य नभएको भनिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले एक साताभित्र अनुसन्धान गरेर विद्यार्थीस“ग अतिरिक्त शुल्क लिएको पाइए कलेज सञ्चालकलाई कारबाहीको दायरामा ल्याउन अनुसन्धान सुरु गरेको छ ।

कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेश १ का मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर मंसिर १९ गतेदेखि न्यायका लागि संघर्ष गर्दै आएका छन् । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com