ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेत प्रशासनद्वारा आइतबारदेखि ‘बार’ प्रणाली लागू


एबीसी / संवाददाता
माघ ८, २०७८ शनिबार  ७ : ३९ बजे

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको अत्यधिक भीड बढेपछि सेवा प्रवाहलाई सहज बनाउन आइतबारदेखि ‘बार’ प्रणाली लागू गर्ने भएको छ । कार्यालयमा भीडभाड देखिएको र कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव दिनप्रतिदिन बढिरहेकाले सेवा प्रवाहलाई व्यवस्थित गर्न बार प्रणाली लागू गरेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र, फोटोसहितको मतदाता नामावली दर्ता तथा विद्युतीय राहदानीसम्बन्धी कार्यका लागि सेवा गर्न ‘बार’ प्रणाली तोकिएको बताउनुभयो । उहाँका अनुसार आइतबार र शुक्रबार लेकबेँशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिका, मङ्गलबार वीरेन्द्रनगर नगरपालिका, सोमबार र मङ्गलबार भेरीगङ्गा नगरपालिका, चिंगाड गाउँपालिका र बराहताल गाउँपालिका, बुधबार र बिहीबार गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका सेवाग्राहीका लागि पालो निर्धारण गरिएको छ ।

प्रशासनले बार प्रणालीबमोजिम अनिवार्य स्वास्थ्य मापदण्ड अपनाई पूर्ण खोप लगाएको कार्ड वा सोको मोबाइलमा खिचिएको फोटो भए पनि साथमा लिएर आउन सम्बन्धित सेवाग्राही र स्थानीय तहलाई आग्रह गरेको छ ।

‘तपाईँको मास्क खोई रु’ अभियान पुनः सञ्चालन

सुर्खेतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि ‘तपाईँको मास्क खोई रु’ अभियान पुनः सञ्चालन गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसिएमसी०को आयोजनामा आजदेखि वीरेन्द्रनगरमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा सञ्चालन भएको अभियानले बसपार्क क्षेत्र, मङ्गलगढी चोक, मुख्य बजार क्षेत्रमा मास्क वितरण ग¥यो । मास्क नलगाई घर बाहिर निस्केका नागरिकलाई मास्क वितरण गर्नुका साथै कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरिएको थियो । कोरोना भाइरसको दोस्रो लहरमा पनि मास्क वितरण अभियान सञ्चालन भएको तर विस्तारै कोरोनाको जोखिम कम हुँदै गएपछि सेलाएको यो अभियान जिल्ला प्रशासन कार्यालयको अगुवाइमा पुनः सञ्चालन गरिएको हो ।

मुख्यमन्त्री शाहीले कोरोनाका बढ्दो सङ्क्रमणलाई नियन्त्रण गर्न प्रत्येक नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताउनुभयो । “कम्तीमा घरबाहिर निस्किँदा सबैले अनिवार्य मास्क लगाउने हो भने सङ्क्रमण फैलावट रोक्न धेरै मद्दत पुग्दछ”, उहाँले भन्नुभयो, “सानो लापरवाहीले आफू र परिवारमात्र नभई सिङ्गो समाज सङ्क्रमित हुने अवस्था निम्तिन सक्छ, त्यसैले कम्तीमा मास्कको प्रयोग गरौँ, अनावश्यक भीडभाड नगरौँ ।” मुख्यमन्त्री शाहीले सङ्घीय सरकारको सहयोगमा प्रदेश सरकारले खोप अभियानलाई सञ्चालन गरिरहेकाले आफूलाई पायक पर्ने स्थानमा गएर खोप लगाउन आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक खगेन्द्रप्रसाद रिजालले कोरोनाको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो । अनुगमनका क्रममा अधिकांश नागरिक मास्कबिनै हिँडडुल गरिरहेको पाइएपछि जिल्लास्थित सरोकारवाला निकायको सहभागितामा जनचेतनामूलक अभियानअन्तर्गत मास्क वितरण गरिएको उहाँको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी रिजालले आइतबारदेखि मास्क नलगाई हिँडडुल गर्नेलाई भने कारबाही पनि गरिने बताउनुभयो । सुर्खेतमा हाल ५९६ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । शुक्रबारमात्रै सुर्खेतमा २१५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com