ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई ‘रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन’– नेता बस्नेत


एबीसी / संवाददाता

काठमाडौँ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान पाँच दलीय गठबन्धन ‌जालसाजी र षडयन्त्रबाट आफ्नो अबैधानिक र अनैतिक सरकार लम्बाई रहने र एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउनुभएको छ ‌।

वर्तमान सरकार मुलुकलाई विकासको बाटोमा, परिवर्तनको बाटोमा हिँडाउन नचाहेको उल्लेख गर्दै नेता बस्नेतले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएता पनि यो सरकार जनमतको सम्मान गर्ने कुरामा गम्भीर नभएको बताउनुभयो । अर्थतन्त्रका परिसूचक अरु नकारात्मक संकेतको साथ ओरालो लागेको बेलामा, राज्यनै फेलर स्टेट घोषणा होला भन्ने अवस्थामा गुज्रिएको बेला सबै दलहरूको बीचमा उच्चतहको समझदारी निर्माण गरी अगाडि बढ्ने कुरामा सरकारले पहल लिनुको सट्टा प्रमुख प्रतिपक्ष दललाई एक्लो बनाएर उसका विरुद्ध गठबन्धन निर्माण गरेर संसारमा नभएको जात्रा नेपालमा देखाइरहेको भन्दै आक्रोस जनाउनुभएको छ ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता बस्नेतले भन्नुभएको छ, ‘परमादेशधारी वर्तमान सरकारले आफ्नो छ महिने कार्यकालको समिक्षा गर्दै हिजो देश र जनताको नाममा जारी प्रधानमन्त्रीज्यूको सम्बोधन सुन्दा । प्रचण्ड पथमा हिडेको, माधव नेपालको लैबरी तालमा अलमलिएको, देउवाको असक्षम, अयोग्य, लाचार र निष्क्रिय नेतृत्वले आफ्नो लाज छोप्ने अन्तिम हतियारको रुपमा हिजोको सम्बोधनलाई उपयोग गर्न खोजेको देखिन्छ।

सोही संबोधनलाई समर्थन हुने गरी आज सर्बदलीय बैठकको नाँउमा छ सत्ताधारी गठबन्धन बसेर स्थानीय निर्वाचन बैशाखमा नगर्ने षड्यन्त्र स्वरुप आफुलाई विधि, पद्दतिमा हिड्ने नेता भन्न रुचाउने माधव नेपालको प्रस्तावमा तीनै तहको निर्वाचन मंसिरमा गर्ने निर्णय गरेबाट “यो सरकार लोकतन्त्र, विधि र जनमतलाई सम्मान गर्ने आवधिक निर्वाचनको पक्षमा छैन भन्ने कुरा अझै प्रष्ट भएको छ ।” अग्रगमनको कुरा हाँक्ने अनि समयमै गर्नुपर्ने निर्वाचन पछि धकेल्न षडयन्त्र गर्ने रु

कोभिडको पछिल्लो भेरियन्ट ओमिक्रोन महामारीको रूपमा फैलिँदा पनि कुनै प्रभावकारी काम गर्न नसकी लाचार बनि रहेको छ। अर्थतन्त्रका परिसूचक अरु नकारात्मक संकेतको साथ ओरालो लागेको बेलामा, राज्यनै फेलर स्टेट घोषणा होला भन्ने अवस्थामा गुज्रिएको बेला सबै दलहरूको बीचमा उच्चतहको समझदारी निर्माण गरी अगाडि बढ्ने कुरामा सरकारले पहल लिनुको सट्टा प्रमुख प्रतिपक्ष दललाई एक्लो बनाएर उसका विरुद्ध गठबन्धन निर्माण गरेर संसारमा नभएको जात्रा नेपालमा देखाइरहेको छ ‌। यी सबै कुराको समीक्षा गर्दा के निष्कर्ष निकाल्न सकिन्छ भने वर्तमान सरकार मुलुकलाई विकासको बाटोमा, परिवर्तनको बाटोमा हिँडाउन चाहेको छैन। निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो तर यो सरकार जनमतको सम्मान गर्ने कुरामा गम्भीर छैन ‌जालसाजी र षडयन्त्रबाट आफ्नो अबैधानिक र अनैतिक सरकार लम्बाई रहने र एमालेलाई कमजोर बनाउने षड्यन्त्रमा लागिरहेको देखिन्छ ‌।

एउटा सोझो मान्छेले आफ्नो धोतीले मुख छोपेर मैले लगाएकोछु, छोपेको छु भनेको जस्तै प्रधानमन्त्रीज्यूको सम्बोधनले सरकारको लाज छोप्ने प्रयत्न त गरेको होला तर जनताको नजरमा झन् नाङ्गिएको छ। तसर्थ अन्य कुनै नौटंकी नगरिकन आगामी वैशाखमा स्थानीय निर्वाचन गरी जतिसक्दो छिटो भइरकेको प्रदेशसभाको पनि निर्वाचन गरी ताजा जनमत लिएर मुलुकलाई निकास दिनु भन्दा देउवा सरकारसँग अन्य कुनै विकल्प छैन । त्योभन्दा फरक ढंगले अगाडि बढ्न खोज्यो भने देश गम्भीर संकटमा पर्नेछ विगतमा जस्तै देउवाको कार्यकालमा कहिले प्रतिगमन, कहिले शाही शासन, कहिले माओवादी आतंकवादबाट जनता प्रताडित हुनु पर्ने जस्तो कि उनकै नेतृत्वमा दुर्दशा नपर्ला भन्न सकिन्न । तसर्थ समयमा बुद्धि पुर्‍याएर प्रमुख प्रतिपक्ष दल सहित समझदारी निर्माण गरी मुलुकलाई सही दिशा दिनको लागि सरकारको तर्फबाट प्रधानमन्त्री देउवाले अग्रसरता लिनुपर्ने देखिन्छ। अन्यथा भिरबाट लड्ने गाईलाई रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिँदैन । यसो गरिएन भने शेरबहादुर देउवासँगै कांग्रेस र पाँच दलीय गठबन्धन समेत समाप्त हुने दिशामा जानेछ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री देउवालाई एमालेले भन्यो – रातो बत्ति बलि सक्यो अब ब्यूँझिनुस्

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई निद्राबाट ब्यूँतिन आग्रह गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै एमाले सांसद

देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न

काठमाडौँ — प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सकिएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

  गुल्मी ३ जेठ । गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । त्यहां नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा

सम्बन्धित

प्रधानमन्त्री देउवालाई एमालेले भन्यो – रातो बत्ति बलि सक्यो अब ब्यूँझिनुस्

देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

पाल्पाको रामपुरमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

प्रदेश नम्बर १को मत परिणामा पनि एबीसी एक्जिट पोल जस्तै : नेका पहिलो, एमाले दोस्रो र माके तेस्रो (पूरा विवरण)

अहिलेसम्म दुई सय ४६ पालिकाको नतिजा सार्वजनिक : प्रमुखदेखि वडा अध्यक्षसम्म कुन दलको कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com