ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाको हवाई सेवा : धेरैको बच्यो ज्यान !


एबीसी / संवाददाता

जाजरकोट । नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ । विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो ।

कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिम्मामा पश्चिम कमान्डले काम गर्दै आएको छ । सुत्केरी तथा प्रकृतिक प्रकोप र विपद्मा परेका सर्वसाधारणलाई नेपाली सेनाको पश्चिम कमान्डअन्तर्गतको हवाई सेवामार्फत उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याई उपचारमा सहयोग गर्दै आएको छ । २०७६ साल भदौ १७ मा पश्चिम कमान्डअन्तर्गत नेपाली सेनाले वीरेन्द्रनगरमा पश्चिम हवाई सेवा स्थापना गरी उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरु गरेको थियो । सुरुमा काठमाडौँबाट हुने उडानहरु २०७६ साल भदौ १७ देखि सुर्खेतबाट नै तीनवटा प्रदेशमा हुँदै आएको छ ।

तीनवटा प्रदेशलाई जोडेर सेनाले पश्चिम कमान्ड स्थापना गरेको हो । लुम्बिनीको बाँके, बर्दिया, सुदूरपश्चिम र कर्णालीको पूरै भागलाई समेटेर पश्चिम एअर बेसबाट उडानका काम हुँदै आएको छ । उद्धारका लागि तीनवटा हेलिकोप्टरसहित उडान दलका समेत तयारी हालतमा राखिएको पश्चिम कमान्डका प्राविधिक प्रमुख सेनानी रचन श्रेष्ठले बताउनुभयो । यो वर्ष मात्र गर्भवती र सुत्केरीको मात्र हालसम्म ४८ जनाको उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याइएको छ । २७ वटा अन्य उद्धारका काम भएको पश्चिम हवाई सेवा कार्यालयले बताएको छ । २०७७ सालमा ३४ गर्भवती, अन्य २३ र २०७६ मा ३५ गर्भवती र अन्य १९ जनाको उद्धार गरिएको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो ।

पश्चिममा एअर बेस स्थापनासँगै उद्धारमा छिटोछरितो भएको स्थानीयवासीले बताएका छन् । पश्चिम क्षेत्रमा सवारी दुर्घटना, बाढी पहिरो, हिउँ पहिरामा परी घाइते भएकालाई समेत सेनाले हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ । त्यस्तै, राहत वितरणमा समेत नेपाली सेनाले उडान भर्दै आएको छ । प्राकृतिक विपत्तिमा आफ्नै मेडिकल टिम खटाएरसमेत सेनाले जनसेवा गर्दै आएको पश्चिम कमान्डका मेजर जनरल प्रेम शाहीले बताउनुभयो । पश्चिम कमान्डको एअर बेसलाई अझै पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने यस क्षेत्रका सर्वसाधारणको माग रहेको छ । पश्चिम एअर बेसबाट सबैभन्दा बढी डोल्पा, हुम्ला, मुगु र जाजरकोटबाट गर्भवतीको उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उद्धार कोषमार्फत सेनाले उक्त उद्धारका काम गर्दै आएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम आर्थिक वर्ष २०७५÷७६ देखि सुरु भएको थियो । दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याउने काम सेनाले गर्दै आएको छ । सेनाले उद्धार गरी गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा ल्याएर ज्यान बचाउने गरेको छ ।

हवाई उद्धारका लागि कार्यविधि २०७५ साल कात्तिक ३० को मन्त्रिस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको थियो । हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट बीस हजार उपलब्ध गराउने व्यवस्थासमेत रहेको छ । पूर्ण रुपमा हवाई उद्धार हुने १८ जिल्लाहरुमा ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला रहेका छन् ।

त्यस्तै, आंशिक रूपमा २९ जिल्लामा पनि उद्धार हुँदै आएको छ । डोल्पाको फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावा सम्डुक गुरुङले हाम्रो जस्तो सञ्चारदेखि सडक सुविधा नभएको ठाउँमा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो । उहाँले यो कार्यक्रम नभएको भए धेरै गर्भवतीको ज्यान सक्थ्यो भन्दै अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । “हाम्रोजस्तो आर्थिक अवस्था कमजोर भएको जिल्लामा सबैको पहुँचमा सञ्चार छैन, फोन गर्न एक दिन हिँडेर जानुपर्छ, जनप्रतिनिधिको सूचनाका आधारमा अहिलेसम्मका सुत्केरीको उद्धार भएको छ, त्यसैले यहाँका सबै नागरिकलाई समान रूपमा समेट्ने प्रयास यो कार्यक्रममार्फत गर्ने प्रयास गरेका छौँ ।”

के के आउँछन् त उद्धार गर्दा समस्या ?

हेलिकोप्टरबाट उद्धार कार्य आफैँमा जटिल कार्य हो । हेलिकोप्टर अवतरण गर्ने ठाउँ, भूगोल र मौसमबारे जानकारी नहुँदा हरेक उडानमा समस्या हुने गरेको छ । तोकिएको समयभन्दा बढी समय लाग्दा हवाई यात्रामा धेरै पटक जटिलता आउने गरेको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो । अधिकांश ठाउँमा हेलिकोप्टर अवतरण गर्दा ठाउँ नै नभएको अवस्था हुने गरेको समेत उहाँले बताउनुभयो । छिनछिनकै मौसम परिवर्तन हुँदा अर्को समस्या आउने गरेको छ । सूचना सही नपाउँदा हैरानसमेत खेप्नु परेको थुप्रै उदाहरण रहेको उहाँले बताउनुभयो । उडान गर्दा लामो समय हुँदा हेलिकोप्टरमा इन्धनको समस्यादेखि हाइअल्टिच्युट हुने खतरा बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री देउवालाई एमालेले भन्यो – रातो बत्ति बलि सक्यो अब ब्यूँझिनुस्

काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई निद्राबाट ब्यूँतिन आग्रह गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै एमाले सांसद

देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न

काठमाडौँ — प्रदेश १ मा २ वटा जिल्लामा मत गणना सकिएको छ । वाग्मतीमा १ वटामा सकिएको छ । गण्डकीमा ३ वटा लुम्बिनी र सुदूरपश्चिम

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

  गुल्मी ३ जेठ । गुल्मीका १२ वटै स्थानीय तहको मतगणना सकिएको छ । त्यहां नेपाली कांग्रेसले पाँच पालिका नेकपा माओवादी केन्द्रले चार र नेकपा

सम्बन्धित

प्रधानमन्त्री देउवालाई एमालेले भन्यो – रातो बत्ति बलि सक्यो अब ब्यूँझिनुस्

देशभर ८ जिल्लाका सबै पालिकामा मत गणना सम्पन्‍न

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

पाल्पाको रामपुरमा मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

प्रदेश नम्बर १को मत परिणामा पनि एबीसी एक्जिट पोल जस्तै : नेका पहिलो, एमाले दोस्रो र माके तेस्रो (पूरा विवरण)

अहिलेसम्म दुई सय ४६ पालिकाको नतिजा सार्वजनिक : प्रमुखदेखि वडा अध्यक्षसम्म कुन दलको कति ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com