काठमाडौं । नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित शुरुभए यता ६७१ जना प्रहरी संक्रमित भएका छन् । तर उनीहरुमध्ये कसैको पनि स्वास्थ्य अवस्थामा जटिलता नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरु पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताउनु भएको हो । उहा“ले संक्रमितहरुको संख्या थपिदै गए पनि नेपाल प्रहरीको काम भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पार्नु भयो । प्रवक्ता केसीले फ्रन्टलाईनमा खटिने प्रहरीहरुका लागि सहज ढंगले बुष्टर खोपको व्यवस्था मिलाइएको पनि बताउनु भयो ।
काठमाडौंमा नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमी र सरकारका तोकेको ठाउ“हरुमा गएर पनि प्रहरीलाई बुष्टर खोप लगाउने व्यवस्था मिलाइएको छ । प्रवक्ता केसीले काठमाडौं बाहिरका तालिम केन्द्र, प्रदेश कार्यालयहरु, गुल्मलगायतका ठूलो संख्यामा प्रहरी कर्मचारीहरु रहेको ठाउ“मा भने सोही ठाउ“मा नै सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेर बुष्टर खोपको व्यवस्था मिलाइएको बताउनु भयो । उहा“ले नेपाल प्रहरीका लागि बुष्टर खोप लगाउन कुनै समस्या नरहेको पटकपटक दोहो¥याउनु भयो ।








प्रतिक्रिया दिनुहोस्