ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति ट्रम्पको नयाँ भिसा नीतिका कारण ठूला आइटी कम्पनीहरु अप्ठ्यारोमा


admin

काठमाडौं, २४ पुस । अमेरिकामा नयाँ भिसा नीतिका कारण त्यहाँ रहेका ठूला आईटी बहुराष्ट्रीय कम्पनीहरु समस्यामा परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीमा रहेका कम्पनीहरुमा आफ्ना नागरिकलाई पहिलो प्रथमिकता दिने बताए पछि आइटी कम्पनीहरुलाई समस्या भएको हो । अमेरिकाको ठुला बहुराष्ट्रिय कम्पनीहरु गुगल, माइक्रोसफ्ट, आइबीएम जस्ता कम्पनीमा धेरै मात्रामा विदेशी कामदार कार्यरत छन् ।

गुगल,माइक्रोसफ्ट र आइबीए जस्ता कम्पनीमा अमेरिकी सरकारले उपलब्ध गराउने एच १ बी भिसा लिएर काम गर्ने हजारौ विदेशीहरु कार्यरत रहेका छन् ।
अमेरिकाले उच्च शिक्षा र अनुसन्धानकर्तालाई दिने एच १ बी भिसामा कडाइ गर्न थालेपछि कम्पनी र उद्योगमा काम गर्ने कामदारहरुका कारण सञ्चालन खर्च महगो हुने भएको हो । अमेरिकाले उपलब्ध गराउने एच १ बी भिसा पाएका विदेशीले अस्थायी रुपमा काम समेत गर्न पाउँदथे । यस भिसा पाउने विदेशीले आफ्नो परिवार लैजान चाहेमा एच ४ भिसा दिने गरिेको थियो ।

सन् २०१५तत्कालिन राष्टपति मा बराक ओबामाको कार्यकालमा एच १ बी भिसाको नियम परिवर्तन गर्दै एच ४ भिसा पाएकाले पनि अमेरिकामा का गर्ने अनुमति दिने बनाएका थिए । विभिन्न अन्तर्राष्टिय समाचार संस्थाहरुले उल्लेख गरे अनुसार टम्प प्रशासनले यो नियम परिवर्तन गर्दै अब एच ४ भिसा लिएर अमेरिकामा बसोबास गर्दै आएका विदेशीले काम गर्न पाउने छैनन् । यसले एच १ बी भिसा लिएका विदेशीलाई पनि परिवारहरुसँगको भेटघाट गर्न बन्द हुने छ ।
सूचना प्रविधिमा काम गर्ने विश्वका ठूला कम्पनीहरु अमेरिकामा रहेका छन् । यी कम्पनीहरुमा काम गर्ने कयौ विदेशी कामदाहरु एच १ बी भिसाका आधारमा काम गरिरहेका छन् । अमेरिकाकी प्रशासनले केहि कम्पनीहरुले हालको कानुनीको उलंघन गर्दै कम्पनीहरुले फाइदा लिइरहेको आरोप लगाएको छ ।

अप्रिल २०१७ मा व्हाइट हाउसले टीसीएस,इन्फोसिस र कग्निजेट जस्ता आइटी कम्पनीले जति पनि एच १ बी भिसाको फाइदा उठाउँदै कामदार राखेका छन् यसले के स्पष्ट हुन्छ भने यी कम्पनीहरुले देशको कानुनको उलंघन गरेका छन् अमेरिकी प्रशासनको आरोप छ ।

एच १ बी भिसा सम्बन्धी नीति सन १९९८ संशोधन गरिएको थियो । त्यस बेला अमेरिकी नागरिकलाई छोडेर एच १ बी भिसा लिएका विदेशीलाई कम्पनीहरुले जागिरमा राखेको अमेरिकी प्रशासनले आरोप लगाएको थियो । एच १ बी भिसाको अनुसार यस्ता भिसा भएका विदेशीहरुलाई न्युनतम वार्षिक रुपमा ६० हजार अमेरिकी डलर तलब दिन पर्ने नियम रहेको छ ।

अमेरिकी सरकारको नियम अनुसार यस्तो पदमा पहिलो प्रथमिकता अमेरिकी नागरिकलाई दिइन पर्ने भनि उल्लेख छ ।


यो नियम अमेरिकाबाट स्नाकोत्तर डिग्री नलिएका अमेरिकनका लागि भने लागू नहुने नियम रहेको छ । व्हाइट हाउसका अनुसार कम्पनीमा अधिक मात्रामा एच १बी भिसा वार्षिक ६० देखि ६५ हजार अमेरिकी डलर तलब दिएर कम्पनीहरुले विदेशी कामदार राखेका छन् ।

जाहा अमेरिकी नागरिकलाई जागिरमा राखेको खण्डमा १ लाख ५० हजार अमेरिकी डलर वार्षिक रुपमा खर्च हुने थियो । अमेरिकी राजनीतिक प्रतिनिधिहरुले भनेका छन् ‘कम्पनीहरु कामदारलाई कम पैसा दिएर विदेशी कामदारले रोजगारी पाए त्यसैले अमेरिक नागरिकहरु वेरोजार भए ।’
अहिले अमेरिकीमा एच १ बी भिसा लिएर काम गर्नेमा सबैभन्दा धेरै एसियाका नागरिकहरु रहेको अमेरिकी सिटिजन्स एण्ड इमिग्रेसन सर्भिसेसले आफ्नो तथ्यांकमा देखाएको छ । जसमा भारतीयहरु ३ लाख ९०२ जना रहेका छन् । त्यसपछि चिनियाँ नागकिर ३५ हजार ७२० जना र फिलिपीन्सका नागरिक ३ हजार ७०४ जना रहेका छन् ।

अमेरिकामा आइटी क्षेत्रमा काम गर्ने कामदारहरुले एच १ बी भिसाको कारणदेखाउदै जागिरबाट निष्कासनमा परिसकेका छन् । उनीहरुले‘सेभ जब्स युएसए’ नामक संगठन स्थापना गरेर आन्दोलन नै गरिरहेका छन् । यस संगठनका सदस्यहरु भन्छन् ‘ एच १ बी भिसाका कारण जागिर गयो ।’

एच १ बी भिसा र एच ४ भिसा वालाहरुको वर्क परिमिटमा पनि अमेरिकी सरकारले निगरानी गर्न थालेको छ ।सन् २०१६ मा ‘सेभ जब्स युएसए’ अमेरिकको कोलम्बिया राज्यको कोर्ट अफ अपीलमा मुद्दा समेत दायर गरिएको थियो । जसमा एच ४ भिसा वालाको जागिरमा राख्ने डिर्पामेन्ट अफ होमल्याण्ड सेक्युरिटीको फैसलाको चुनौति दिइएको थियो ।

यो मुद्दामा जिल्ला न्यायालयले पछि खारेज गरिदियो । सन् २०१७ मा पनि यस्तै खाको अर्को मुद्दा फेरि अदालतमा दायर गरिएको थियो । यस मुद्दामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको जवाफ अहिलेसम्म आएको छैन । यदि अमेरिकी सरकारले एच १ बी भिसाको नियमलाई परिवर्तन गर्ने निर्णय गरेमा यसका विरुद्ध अदालतमा मुद्दा हाल्ने धेरै सम्भावना रहेको छ ।

गुगल,माइक्रोसफ्ट र आइबीएमा जस्ता कम्पनीहरु धेरै विदेशीहरु एच १ बी भिसा वालाहरु काम गरिरहेका छन् । त्यसमा अझ भारतीहरुको सख्या अधिक रहेको छ ।
गत आइतबार वासिंटन पोष्टमा फेसबुकका प्रमुख जुकरबर्गले एक लेख लेखेमा भनेका छन् ‘ अमेरिकाका कयौ क्षेत्रमा अगाडि छ र यसमा एक कारण विदेशी नागरिक पनि हुन जसको कार्यक्षमताको अमेरिककाले फाइदा पनि लिएको छ । यदि एच १ बी भिसा वालालाई उनीहरुको देशमा पठाउने हो भने यहाका कम्पनी असर पर्नका साथै अमेरिकालाई समेत असर पर्छ ।’

अमेरिकामा रहेका कानुन व्यवसायीहरुले भने तत्काल एच १ बी भिसा वालालाई हटाउने वा भिसा नियम परिवर्तन गर्ने सम्भावना नरहेको बताएका छन् । यदि अमेरिकी प्रशासनले एच१ बी वा एच ४ भिसाका नियमहरु परिवर्तन गर्न चाहेमा पनि यससँग जोडिएका अन्य कयौ नियमहरु परिवर्तन गर्न पर्ने हुन्छ ।
बीबीसी, अन्य विदेशी सञ्चारमध्याम र अनलाईनको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

अमेरिका विरोधी नीतिका लागि ब्रिक्स राष्ट्रलाई थप १० प्रतिशत भन्सार लगाउने ट्रम्पको धम्की

एलन मस्कको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट श्रीलङ्कामा शुरू

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच आज भेटवार्ता हुँदै

अमेरिकाको टेक्सासमा बाढीका कारण ज्यान जानेको सङ्ख्या ७८ पुग्यो

हमाससँग वार्ताका लागि प्रतिनिधि मण्डल कतार पठाउने इजरायलको निर्णय

नेटो प्रमुख भन्छन् : चीनले ताइवान र रुसले नेटोमा एकैपटक आक्रमण गर्नेछन्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com