ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम : थप ५३४ जनामा कोरोना सङ्क्रमण


एबीसी / संवाददाता
माघ ६, २०७८ बिहीबार   ७ : ०८   बजे

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा थप ५३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार २८६ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआरमार्फत २३९ र एन्टिजेनमार्फत २९५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, महाकाली अस्पतालमा ५०, जिल्ला अस्पताल बाजुरामा २२ र एन्टिजेनमार्फत कैलालीमा ९८, कञ्चनपुरमा ९४, बाजुरामा ६, दार्चुलामा २, बझाङमा १०, बैतडीमा ५, डोटीमा ३१, डडेल्धुरामा ३८ र अछाममा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा प्रदेशभर १२ जना कोरोनाबाट निको भएका छन् । उक्त अवधिमा प्रदेशमा कोरोनाबाट कोसैको पनि मृत्यु भएको छैन । यसैबीच आज सङ्क्रमण पुष्टि भएका ५३४ जनामध्ये १५५ जना भारतबाट घर फर्किएका व्यक्ति हुन् । प्रदेशको गौरीफन्टा नाकामा ७४, गड्डाचौकी नाकामा ७६, झुलाघाटमा चार र पुलघाट नाकामा एका जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसअघि बुधबार प्रदेशमा ४७७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १९ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१६ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group