ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विराट कोहलीले किन दिए भारतीय टेस्ट टिमको कप्तानीबाट राजीनामा ?


एबीसी / संवाददाता
माघ २, २०७८ आईतबार  ३ : १२ बजे

काठमाडौं । भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीले राजीनामा दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तानीबाट राजीनामा दिएको बताएका हुन्।सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले आफूले यस अवधिभर इमानदारितापूर्वक काम गरेको बताए। ‘यात्राका क्रममा धेरै आरोह अवरोह आए तर त्यसलाई डग्मगाउन दिइनँ’, विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।

उनले आफूलाई कप्तानीको अवसर दिएको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई धन्यवाद दिएका छन्। दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट उनले राजीनामा दिएका थिए। यस्तै दक्षिण अफ्रिकाले तेस्रो तथा निर्णायक टेस्टमा भारतलाई ७ विकेटले हराएको छ। पहिलो टेस्ट गुमाए पनि त्यसपछि लगातार दुई जितसँगै घरेलु टोलीले तीन टेस्ट खेलको सिरिज २(१ ले जितेको हो।सिरिजमा भारतले अग्रता लिए पनि जोगाउन भने सकेन। यसपालि उसलाई दक्षिण अफ्रिकामा पहिलोपटक टेष्ट सिरिज जित्ने मौकासमेत थियो । भातले दिएको २ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो दिन ६३।३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

उसका लागि किगन पिटरसनले सर्वाधिक ८२ रन बनाए। यो टेस्ट करियरकै उच्च प्रदर्शन गर्ने क्रममा उनले १ सय १३ बलमा १० चौका प्रहार गरेका थिए। रास्सी भान डर डुसेन ४१ र टेम्बा बभुमा ३२ रनमा अविजित रहे। तेस्रो दिनको अन्तिम समयमा कप्तान डिन एल्गर ३० रनमा क्याच आउट भएका थिए।ओपनर एडेन माक्ररमले १६ रन जोडेका थिए। भारतका लागि मोहम्मद शामी, शार्दुल ठाकुर र जस्प्रित बुमराहले १–१ विकेट लिए। त्यसअघि भारत दोस्रो इनिङमा ६७।३ ओभरमा १ सय ९८ रनमा अल आउट भएको थियो। पहिलो इनिङमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो।

त्यसअघि भारत दोस्रो इनिङमा १ सय ९८ रनमा अल आउट भयो। पहिलो इनिङमा १३ रनको अग्रता लिएको भारतले समग्रमा २ सय १२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो।भारतका लागि विकेटकिपर ऋषभ पन्तले सतकीय पारी खेले। करियरकै चौथो सतक प्रहार गर्ने क्रममा पन्तले १ सय ३९ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै १०० रन बनाएर आउट भए।

कप्तान विराट कोहलीले २९ र के एल राहुलले १० रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। मयंक अग्रवाल ७, चेतेश्वर पुजरा ९, अजिंक्या रहाणे १, रविचन्द्रन आश्विन ७ र शार्दुल ठाकुर ५ रनमा आउट भए। दक्षिण अफ्रिकाका मार्को ज्यानसनले सर्वाधिक ४ विकेट लिए । कागिसो रबाडा र लुन्गी एनगिडीले समान ३–३ विकेट हात पारे।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com