काठमाडौँ । महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेका अनुसार चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।
अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेका छन । ती मध्ये एक जनालाई भने वार्डमा भर्ना गरिएको छ । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालको सेवा प्रभावित भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्