ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्तो रह्यो २०२१, के सन् २०२२ मा खुशी फर्किएला ? (रिर्पोटसहित)


एबीसी / संवाददाता
पुस १६, २०७८ शुक्रबार   ६ : ५१   बजे

काठमाडौं । विश्वमा यस वर्ष अर्थात सन् २०२१ मा विभिन्न घटना भए । कोभिड महामारी, अफगानिस्तानमा फेरी भएको तालिबानकोउदय र कोभिडको घातक दोस्रो लहर जस्ता घटनाले विशेष स्थान पाएका छन् । मेलम्ची नदीमा आएको भयानक बाढी र यसको व्यापक क्षति पनि यसवर्ष मुख्य घटनाका रुपमा देखिएको छ ।

विश्वभरी यसवर्ष विभिन्न घटना भएका छन् । ति मध्ये केहि मुख्य घटनाले विशेष स्थान पाएका छन् । नया“ भेरिअन्टका रुपमा देखिएको ओमिक्रोनले विश्वभर पहिलो घटनाका रुपमा प्राथामिकता पायो । दक्षिण अफ्रिकामा पहिलोपटक फेला परेको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म भारतसहित ४० भन्दा बढी देशमा फैलिसकेको छ । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको नया“ भेरिअन्ट ओमिक्रोनको संक्रमण एकैदिन एक्कासी पा“च गुनाले बढेको देखियो । अफगानस्तानमा तालिवानको उदय भएको घटनालाई दोस्रो स्थान दिइएको छ । दुई दशक लामो युद्धपछि अमेरिकाले फिर्ती प्रक्रिया पूरा गर्ने तयारी गरिरह“दा तालिबानले आफ्नो नियन्त्रण बढाउ“दै लग्यो, सरकारलाई उनीहरूले विस्थापित गर्ने चिन्ता बढ्दै गएको देखियो । अफगानिस्तानमा तालिबानले आफ्नो पकड बलियो बनाउ“दै लगेको गतिले कतिपयलाई आश्चर्य लागेको थियो ।

अफगान सरकारले पकड कायम राख्न संघर्ष गरिरहेका बेला तालिबान विद्रोहीहरू राजधानी काबुलमा प्रवेश गरेपछि राष्ट्रपति अशरफ गनी देश छोडेर पलायन भएका थिए । मुलुककमा अहिलेसम्मको सबैभन्दा ठुलो मेलम्ची बाढी मुख्य तेस्रो घटना मानिएको छ । जसमा अर्बौ“ रुपैया“को क्षति भएको प्रारम्भिक आकलन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखले बताएका छन् । असार पहिलो साता आएको बाढिले अतुलनिय क्षति पुग्यो । धेरै घरवारविहिन भए । आधुनिक इतिहासमा हालसम्म ब्योहोर्नु नपरेको अत्यन्तै ठुलो वहाव बेहोर्नुप¥यो । विश्व महाशक्ति अमेरिका बर्ष २०२१ मा दुइ कारणले चर्चामा रह्यो– राष्ट्रपतिमा जो बाइडेनको जीत र अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा प्रहरीको गोलीले मारिएका अश्वेत नागरिक जर्ज फ्लायडको न्यायका लागि चलाइएको ब्ल्याक लाइभ म्याटर्स आन्दोलनका कारण । उसो त २०२१ को भारतको किसान आन्दोलन पनि दुइ तिहाइको मोदी सरकारलाई झुकाउन सक्षम भयो । उता श्रीलंकाको गृहयुद्धमा गोर्खा सैनिकको प्रयोग भएको समाचारले पनि उत्तिकै प्राथामिकता पायो । विश्वका अन्य कैयौ“ लडाइ“मा जस्तै श्रीलंकाको गृहयुद्धमा पनि भारतीय सेनामा कार्यरत कैयौ“ नेपालीहरू जीवनभरिका लागि चोट पाए ।

उक्त लडाइ“मा भारतीय सेनाका करिब १२ सय सैनिकहरू मारिएको विवरण छ । कोरोना महामारीकै बेलामा खोप वितरणमा एकप्रकारको बेथिती देखिएको थियो । कोरोनाभाइरस विरुद्धको खोप वितरणमा देखा परेको बेथितिले पनि चर्चा पायो । संयुक्त अधिराज्यको राजधानी लन्डनमा एक व्यक्ति बगै“चामा आराम गरीरहेका बेला एउटा विमानबाट खसालिएको मानव मलमूत्र उनकै सरिरमा छरपस्ट भयो । जुलाई महिनाको मध्यतिर भएको त्यो घटना काउन्सिलको बैठकमा छलफल भएपछि बल्ल चर्चामा आएको थियो । यस्तै संसारकै सबैभन्दा प्रदूषितमध्येको एक सहर बेइजिङलेआधाभन्दा बढी भूभागको मौसममा कृत्रिम परिवर्तन ल्याउदै गरेको समाचारले पनि निकै चर्च पायो । उताअफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा राष्ट्रपति अशरफ गनीले देश छोडेको खबर पनि चर्चित बन्यो । सरकारको तर्फबाट तालिबानस“ग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा. अब्दुल्लाह गनीले देश छाडेको पुष्टि गरेका थिए । यस्तै जर्मनीमा एक नर्सले कोभिड खोप भनेर आठ हजार जनालाई नुनपानी लगाइदिइन् । यो घटना गत मार्च र अप्रिलमा खुलासा भयो । बिबिसीका अनुसार नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सन् २०२१ को सुरुदेखि विश्वका विभिन्न देशमा कोरोनाभाइरसविरुद्ध खोप अभियान थालिएस“गै आशा पलाएको थियो । नेपालले पनि यो वर्षको सुरुमा नै खोप अभियान थालेको थियो ।

वर्षैभरि कोरोनाभाइरस महामारी, त्यसका नया“ भेरिअन्टका चर्चा धेरै भए । उसो त ओमिक्रोनको चर्चा नेपाल सहित विश्वभर बढ्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जना संक्रमित नेपालमा भेटिएको पुष्टि गरेको छ । सामाजिक दूरी, मास्कको प्रयोगलगायत जनस्वास्थ्यका मापदण्डको पालनामा फेरि कडाइ गर्नुपर्ने सुझाव विज्ञहरूले दिइरहेका छन् । फेरी लकडाउन हुने होकि भन्ने त्रास पनि बढेको छ । यसस“ग सम्बन्धित समाचारले विशेष प्राथामिकता पाइरहेका छन् । कोभिडको घातक दोस्रो लहर खेपेको विश्व फेरी वर्षको अन्त्यतिर पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको ओमिक्रोन भेरिअन्टको त्रासमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group