काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९० पुगेको छ ।
बुधबार २५३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८६४ सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी २४ घण्टामा काठमाडौ उपत्यकामा १२३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९२, ललितपुरमा १८ र भक्तपुरमा १३ जना कोरोना संक्रमित थपिएका हुन् । गत २४ घन्टामा ६ हजार ४३३ पीसीआर तथा १ हजार १७५ एन्टिजेन परीक्षण भएको छ।
प्रतिक्रिया दिनुहोस्