ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रगतीशील मञ्च जापानको अध्यक्षमा भवानी पन्त र महासचिवमा बाबुराम पौडेल निर्वाचित


एबीसी / संवाददाता
पुस १, २०७८ बिहीबार  ९ : २७ बजे

टोकियो, १ पुस । जनप्रगतिशील मञ्च जापानको आठौँ अधिवेशनबाट अध्यक्षमा भवानी पन्त निर्विरोध निर्वाचित हुनुभएको छ । ३ जनाको रस्साकस्सी बीच पन्त निर्विरोध हुनुभएको हो ।

अध्यक्षका दावेदार रामहरी पुडाशैनी, सालिकराम भण्डारी र भवानी पन्त बीच लामो समयसम्म सहमती हुन सकेको थिएन । अन्त्यमा रामहरी पुडाशैनीलाई इञ्चार्जको जिम्मेवारी दिने सहमती भएपछी पन्त अध्यक्ष बन्ने पक्काभएको हो । अन्य पदहरुमा सजिलै चयन भएपनि अध्यक्ष मिलाउनका लागी नेताहरुले लामै कसरत गरेका थिए ।

अधिवेशसनबाट रामहरी पुडाशैनीले इञ्चार्जको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै मञ्चको वरिष्ठ उपाध्यक्षमा मोहन पौडेल, उपाध्यक्षमा श्रवण सत्याल, श्यामहरि पाण्डे, जनक सुवेदी, आरएच गौतम र नवराज गौतम निर्वाचित हुनुभएको छ ।

मञ्चको महासचिवमा बाबुराम पौडेल, उपमहासचिव दावा शेर्पा, रामकृष्ण भण्डारी र शिबु थापा सचिवमा खगराज गौतम, अर्जुन अंगाई, गौरी शङ्कर गैरे, बेनुका खड्का र मुना सुनार तथा कोषाध्यक्षमा भुवन हुमागाईं, सहकोषाध्यक्षमा गौरी शङ्कर सापकोटा र ध्रुव अधिकारी रहनुभएको छ । त्यसैगरी मञ्चको सदस्यमा राजन पन्त, शिशिर न्यौपाने, मदन थापा, डिलाराम निउरे, कान्छामान मोक्तान सागर, विनोद राई, रामबहादुर खत्री, बलराम थिङ, पेमा लामा, केशव भट्टराई, श्याम गिरी, ममिता मोक्तान, गिरबहादुर तामाङ, भरत अर्याल, राजन गौतम, पवन अधिकारी, प्रमिला राई, राजु भण्डारी, सचिन नेपाल, प्रकाश सापकोटा, बच्चुराम अर्याल, कर्साङ तामाङ, ज्ञानम रुम्बा, बालविक्रम तिगेला, जीवन पोखरेल र राज पुरी निर्वाचित हुनुभएको छ । त्यस्तै कालिका थापाको अध्यक्षतामा ४ सदस्यीय लेखा, अनुशासन तथा अनुगमन आयोगको नयाँ कार्यसमिति चयन भएको छ । आयोगको सदस्यमा अर्जुन ढकाल , सन्देश पोखरेल र जिपी लामिछाने रहनुभएको छ ।टोकियोमा सम्पन्न अधिवेशनलाई भर्चुअलका माध्यमबाट सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का बरिस्ठ नेता तथा प्रवास इञ्चार्ज नारायणकाजी श्रेष्ठ र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मालागायतका नेताले शुभकामना दिनुभएको थियो । उहाँहरुले प्रवासमा रहेका नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै जापानमा सङ्गठन हाँक्न सक्ने नेत्तृत्व चयन गर्न सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली-लेखक पक्राउबारे कांग्रेसले भन्यो– सरकार संयमित नभए देश द्वन्द्वतर्फ जानसक्छ

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com