टोकियो, १ पुस । जनप्रगतिशील मञ्च जापानको आठौँ अधिवेशनबाट अध्यक्षमा भवानी पन्त निर्विरोध निर्वाचित हुनुभएको छ । ३ जनाको रस्साकस्सी बीच पन्त निर्विरोध हुनुभएको हो ।
अध्यक्षका दावेदार रामहरी पुडाशैनी, सालिकराम भण्डारी र भवानी पन्त बीच लामो समयसम्म सहमती हुन सकेको थिएन । अन्त्यमा रामहरी पुडाशैनीलाई इञ्चार्जको जिम्मेवारी दिने सहमती भएपछी पन्त अध्यक्ष बन्ने पक्काभएको हो । अन्य पदहरुमा सजिलै चयन भएपनि अध्यक्ष मिलाउनका लागी नेताहरुले लामै कसरत गरेका थिए ।
अधिवेशसनबाट रामहरी पुडाशैनीले इञ्चार्जको जिम्मेवारी पाउनुभएको छ । त्यस्तै मञ्चको वरिष्ठ उपाध्यक्षमा मोहन पौडेल, उपाध्यक्षमा श्रवण सत्याल, श्यामहरि पाण्डे, जनक सुवेदी, आरएच गौतम र नवराज गौतम निर्वाचित हुनुभएको छ ।
मञ्चको महासचिवमा बाबुराम पौडेल, उपमहासचिव दावा शेर्पा, रामकृष्ण भण्डारी र शिबु थापा सचिवमा खगराज गौतम, अर्जुन अंगाई, गौरी शङ्कर गैरे, बेनुका खड्का र मुना सुनार तथा कोषाध्यक्षमा भुवन हुमागाईं, सहकोषाध्यक्षमा गौरी शङ्कर सापकोटा र ध्रुव अधिकारी रहनुभएको छ । त्यसैगरी मञ्चको सदस्यमा राजन पन्त, शिशिर न्यौपाने, मदन थापा, डिलाराम निउरे, कान्छामान मोक्तान सागर, विनोद राई, रामबहादुर खत्री, बलराम थिङ, पेमा लामा, केशव भट्टराई, श्याम गिरी, ममिता मोक्तान, गिरबहादुर तामाङ, भरत अर्याल, राजन गौतम, पवन अधिकारी, प्रमिला राई, राजु भण्डारी, सचिन नेपाल, प्रकाश सापकोटा, बच्चुराम अर्याल, कर्साङ तामाङ, ज्ञानम रुम्बा, बालविक्रम तिगेला, जीवन पोखरेल र राज पुरी निर्वाचित हुनुभएको छ । त्यस्तै कालिका थापाको अध्यक्षतामा ४ सदस्यीय लेखा, अनुशासन तथा अनुगमन आयोगको नयाँ कार्यसमिति चयन भएको छ । आयोगको सदस्यमा अर्जुन ढकाल , सन्देश पोखरेल र जिपी लामिछाने रहनुभएको छ ।टोकियोमा सम्पन्न अधिवेशनलाई भर्चुअलका माध्यमबाट सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का बरिस्ठ नेता तथा प्रवास इञ्चार्ज नारायणकाजी श्रेष्ठ र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मालागायतका नेताले शुभकामना दिनुभएको थियो । उहाँहरुले प्रवासमा रहेका नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै जापानमा सङ्गठन हाँक्न सक्ने नेत्तृत्व चयन गर्न सुझाव दिनुभएको थियो ।








प्रतिक्रिया दिनुहोस्