ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरोकारवाला भन्छन् : खपत बढ्दै गए ऊर्जामा भएको लगानी जोखिममा पर्दैन


एबीसी / संवाददाता

काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा हालसम्म भएको लगानीको संरक्षण गर्दै थप विस्तारका लागि पनि आन्तरिक खपत बढाउँदै भारत र बङ्गलादेशमा समेत बिक्री गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । मुलुकको प्रणालीमा दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध हुँदा नै रातको समयमा खेर जानु तर खपतको मात्रामा गुणात्मक वृद्धि नहुनुले यस क्षेत्रमा भएको लगानी जोखिममा त पर्ने होइन भन्ने चिन्ता व्यक्त भइरहेको छ ।

ऊर्जा उद्यमीहरुका अनुसार हालसम्म नेपालको ऊर्जा क्षेत्रमा रु छ खर्ब बराबरको लगानी भएको छ । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार निश्चित प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गरेका छन् । कूल जडित क्षमताको असाध्यै न्यून मात्रामा बिजुली उत्पादन हुँदा नै खेर जाने अवस्था आएपछि यस क्षेत्रमा लगानी गरिरहेका उद्यमी एवं सरोकारवालाले सबै क्षेत्रले सकारात्मक उद्देश्यका साथ पहल गरेका खण्डमा बजार विस्तार हुने बताउनुभएको हो ।

सरकारले नीतिगत व्यवस्था गर्दै सहज वातावरण बनाउने, निजी क्षेत्रले अवसरको खोजी गर्ने तथा अन्य निकायले आआफ्नो जिम्मेवारी पूरा गरेका खण्डमा आन्तरिक खपत पनि क्रमशः वृद्धि हुने र विदेशमा समेत बिक्री हुने उहाँहरुको भनाइ छ ।

देशभित्र विद्युतीय सवारी साधनको उपयोगमा वृद्धि, औद्योगिक क्षेत्रमा क्षमता विस्तार एवं हरेक घरमा विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिएको खण्डमा आन्तरिक खपतमा उल्लेख्य वृद्धि हुन जान्छ । इपानका उपाध्यक्ष आशिष गर्गले त सबै क्षेत्रले सकारात्मक पहल गरेका खण्डमा आगामी तीन वर्षभित्र पाँच हजार मेगावाट बिजुली देशभित्रै खपत हुनसक्ने तथ्याङ्क नै पेश गरिसक्नुभएको छ । उहाँले उद्योग र घरायसीरुपमा दुई÷दुई हजार मेगावाट र विद्युतीय सवारीको चार्जिङका लागि एक हजार मेगावाट बिजुली खपत हुन सक्ने बताउनुभएको थियो ।

आन्तरिकरुपमा बिजुलीको खपत बढ्दै नबढेको भने होइन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक वर्ष २० देखि २५ प्रतिशतको दरमा आन्तरिकरुपमा बिजुलीको खपत बढेको छ । जबकी भारतमा त्यत्रो ठूला जनसङ्ख्या हुँदासमेत वार्षिक पाँच प्रतिशतको हाराहारीमा मात्रै बिजुलीको खपत बढ्ने गरेको छ । कार्यकारी निर्देशक घिसिङले पछिल्ला दिनमा उद्योगमा नै १०० मेगावाट बराबरको लोड बढेको जानकारी दिनुभयो । “लोड क्रमशः बढ्दै जाने र एकैपटक बढी हाल्दैन, पछिल्ला दिनमा हामीले निरन्तर प्रयास गर्दा केही सफलता हासिल भएको छ । तर, यसमा सबैको साथ र सहयोग जरुरी छ”, उहाँले भन्नुभयो । होङ्सी सिमेन्टमा ३० मेगावाट बराबरको क्षमता उपलब्ध भए पनि १० देखि १२ मेगावाट बराबर मात्रै बिजुली लिइरहेको छ । यस्तै हुवासिनले उद्योग चलाइहाल्ने भनेर चाडबाडका समयमा मस्र्याङ्दी काठमाडौँ लाइन बन्द गरेर काम गरेर लाइन जोडिएको प्राधिकरणले जनाएको छ । अझै सो उद्योग पूर्णरुपमा सञ्चालनमा आउन केही समय लाग्छ ।

कार्यकारी निर्देशक घिसिङले हिउँदको पाँच महिनाको समय हामीलाई आन्तरिक बजार विस्तार गर्ने र वैदेशिक बजार खोज्नका लागि पर्याप्त समय उपलब्ध भएकाले सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह ऊर्जा क्षेत्रमा भएको लगानीमा कुनै समस्या आउनेबित्तिकै त्यसको प्रभाव हरेक घर घरमा पर्ने बताउनुहुन्छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा लगानी गरेको छ । बैंकमा रहेको पैसा निक्षेपकर्ताको हो । निक्षेपकर्ताको पैसामा समस्या आए त्यसले पर्ने प्रभाव असाध्यै ठूलो र दीर्घकालीन हुने प्रमुख कार्यकारी अधिकृत शाहको भनाइ छ ।

जलविद्युत् क्षेत्र धरासयी भए धान्नै नसकिने अवस्था आउने उहाँको चिन्ता छ । “सिमेन्ट उद्योग सबै टाट पल्टिँदा पनि बैंकलाई फरक पर्दैन । होटल सबै टाट पल्टिँदा पनि बैंकलाई फरक पर्दैन । तर जलविद्युत् क्षेत्र टाट पल्टिँदा भने बैंकिङ क्षेत्र नै धरासयी हुन्छ”, उहाँले भन्नुभयो, “हिजो विद्युत् खपत कम गर भन्ने प्राधिकरण आज विद्युत् किनिदेउ भन्दै उद्योगको दैलोमा पुग्दैछ । यस अवसरलाई हामी सबैले सदुपयोग गरौ ।”

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपालका अध्यक्ष कृष्ण आचार्य कुनै समय नेपालमा विद्युत्भार कटौती अन्त्य भयो भने पानीमा डुबेर मर्छौं भन्ने मान्छे यही रहेको भन्दै हामी खपत गर्न सक्दैनौँ भनेर अलमलिएका भन्दै योजना बनाउनुपर्ने बताउनुहुन्छ । “अहिले विद्युत्को युगमा हामीले डिजेलबाट चल्ने रेल ल्याएको भन्दै विद्युत् खपत बढाउने दिशामा सरकार गम्भीर भएन”, उहाँले भन्नुभयो । निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति तत्काल दिनुपर्ने उहाँको भनाइ छ ।

नेपालका निजी क्षेत्रले भारतका निजी क्षेत्रसँग मिलेर बिजुलीको व्यापारका लागि मार्ग प्रशस्त गर्नसक्ने भन्दै उहाँले अनुमति दिने काममा ढिलाइ नगर्न आग्रह गर्नुभयो । भारत निर्यात गरिरहेको प्राधिकरणले आन्तरिकरुपमा नै आवश्यक परेकाले अघिल्लो सातादेखि बन्द गरेको छ । भारतबाट औसतमा ६० देखि ७० मेगावाट बराबरको बिजुली आयात भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, १२ जेठ । काठमाडौं– बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। आजको सदनमा राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

काठमाडौं, १२ जेठ ।  प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन्।प्रदेश १ को प्रदेशसभाबाट राजीनामा

७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता

काठमाडौं, १२ जेठ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर,

सम्बन्धित

अध्यक्ष ओलीसँग उपेन्द्र यादवद्वारा भेटवार्ता

सिन्धुलीका डोरबहादुर विश्वकै होचा किशोरको रुपमा विश्व कीर्तिमान

पत्रकारबाट वडा अध्यक्ष बनेका आचार्यको पहिलो काम अपाङभत्ता दिने सिफारिस

नबिल बैँकको सीईओमा ज्ञानेन्द्र ढुंगाना

२२ सयमा झर्‍यो सेयर बजार

हरिवंश बिवाइडीका ब्राण्ड एम्बेसडर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...