काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार बन्नेहरूको सूची टुंसमय लाग्ने देखिएको छ । आफूपक्षीय पदाधिकारी र केन्द्रीय सदस्यको सूची टुंग्याउने विषयमा छलफल गर्न प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बुधबार बिहान आफ्नो निजी निवास बुढानिलकण्ठमा राख्नुभएको छलफल विना निष्कर्ष टुंगिएको छ ।
उक्त छलफलमा सबैले आ–आफ्नो धारणा राखे पनि आकांक्षी धेरै भएकाले कुनै निष्कर्षमा पुग्न नसकिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । देउवा पक्षको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह कसरी अघि बढ्छ सोही आधारमा आफूहरूले पनि रणनीति बनाउने तय भएको छ । त्योस“गै नेता कृष्णप्रसाद सिटौलालाई पनि सुरूमै मिलाएर प्यानल घोषणा गर्नु पर्ने कुरा छलफलमा उठेको थियो । आकांक्षीहरु धेरै भएपछि उनीहरूलाई व्यवस्थापन गर्न नसके गुट परिवर्तन गरेर जानसक्ने डर देउवालाई छ ।








प्रतिक्रिया दिनुहोस्