काठमाडौं । तमिलनाडुको नीलगिरी जिल्लाको कुन्नुरमा आज भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हालसम्म ४ जनाको शव बरामद भएको छ । शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको छ । तीन जना घाइतेलाई अस्पताल लगिएको डीडी न्युजलाई उद्धृत गर्दै बीबीसी हिन्दीले भनेको छ । रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ । उनको स्थितिबारे थप जानकारी दिइएको छैन ।
हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी पनि रहेका थिए । हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त विमानबाट तीन जनालाई बचाइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्