काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजदेखि काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । होटल हायातमा आयोजित सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अनुभव तथा सिकाई बा“ड्न आयोजित सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्री नारायण खड्काले गर्नुभएको छ । भारत, अमेरिका, चीनसहितका राजदूतहरु पनि सम्मेलनमा सहभागी छन् । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरुबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनस्थार्पनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सफलतापूर्वक सम्पन्न गरेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो ।
यसैबीच, चीनले प्राकृतिक विपत्ति र कोभिड–१९ महामारीविरुद्ध नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले भूकम्पपछिको पुननिर्माणमा पनि चीन नेपालस“ग उभिएको बताउनुभयो । कोभिडविरुद्ध चीनले थप ४० लाख डोज खोप सहायता गर्ने बताउदै विदेशमन्त्री यीले महामारीविरुद्ध नेपाललाई सघाउन चीन अडिग रहेको बताउनुभयो । चीनले नेपालसँग मिलेर साझा भविष्यको खोजी गर्न चाहेको उहाँको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्