काठमाडौं । कोभ्याक्स सुविधामार्फत थप ६ लाख डोज कोभिसिल्ड खोप आज नेपाल आउ“दैछ ।
कोभ्याक्समार्फत प्राप्त हुने ६० लाख डोजमध्ये दुइपटक गरी ७ लाख २५ हजार र ९ लाख ७२ हजार गरी १६ लाख ९७ हजार डोज खोप नेपाल आइसकेको छ ।
नेपालमा अहिलेसम्म १ करोड ९२ लाख ८५ हजार १९७ डोज खोप लगाइसकिएको छ । हालसम्म कुल जनसंख्या मध्ये ३४ दशमलब ६ प्रतिशतले पहिलो र २८ दशमलव ९ प्रतिशतले पूर्णमात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्