ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दर्भ विश्व एड्स दिवस : आत्महत्या गर्ने सोच बनाएका सङ्क्रमित नै ‘साथी शिक्षक’


एबीसी / संवाददाता

काठमाडौं । भारतको मुम्बैमा रोजगारीका लागि गएका शिव अधिकारी नाम थर परिवर्तित अहिले नियमित एआरभी ९एन्ट्री रेक्ट्रो भाइरल० औषधि खाँदै हुनुहुन्छ । उहाँलाई १५ वर्ष अघि एचआइभी एड्सको सङ्क्रमण देखियो । त्यहाँ एचआइभी देखिएपछि उहाँलाई यो रोग प्राणघात रोग हो भन्ने लाग्यो । प्राणघातक रोग भएकाले अब बाँच्नु छैन भन्ने सोच बनाएर उहाँले आत्महत्या गर्ने सोच बनाउनुभयो । उहाँले भन्नुभयो, “जिन्दगीमा केही रहेनछ भन्ने सोच आएको थियो । टन्न मादक पदार्थ सेवन गरेर रेलबाट हाम फालेर आत्महत्या गर्ने सोच थियो तर सकिन ।” उहाँ मुम्बैको एक होटलमा १० वर्षसम्म काम गर्नुभयो । जव एचआइभी सङ्क्रमण देखिएपछि नेपाल फकिएका अधिकारी अहिले एचआइभी सङ्क्रमितको ‘साथी शिक्षक’का रूपमा काम गर्दै आउनुभएको छ ।

उहाँ अहिले भरतपुर अस्पतालका रहेको एएचएफ नेपालमा साथी शिक्षकका रूपमा काम गरिरहनुभएको छ । विगत ११ वर्षदेखि यो काममा लाग्नु भएका अधिकारी दैनिक ३० जनाको स्वास्थ्य अवस्थाबारेमा बुझ्ने र उनीहरूलाई परामर्श दिने काम गर्ने गर्नुहुन्छ । उहाँले भन्नुभयो, “अरुलाई पनि नियमित औषधि खान सल्लाह दिन्छु, मैले पनि खान्छु ।” धेरैजसो एचआइभी असुरक्षित यौन सम्पर्कबाट हुने गरेको भन्दै उहाँले भन्नुभयो, “दुई मिनेटको मजा जिन्दगीको सजा ।”साथी शिक्षकको रुपमा काम गर्दा धेरै कठिनाइ हुने भए पनि अहिले सहज हुँदै आएको उहाँले बताउनुभयो । उहाँले ती दिन सम्झँदै भन्नुभयो, “पहिला आत्महत्या गर्न मन लागेको थियो । यति धेरै सेवा गर्नु रहेछ के मर्न सकिन्थ्यो र ।” समाजले हेर्ने दृष्टिकोणमा सुरुआतमा निकै निचो र हेय भएको भए पनि अहिले क्रमिक सुधार हुँदै आएको उहाँको भनाइ छ । उहाँले विगत १५ वर्षदेखि औषधि खाने गरेको सम्झँदै भन्नुभयो “औषधिले धेरै बाँच्ने आधार बढाउँदो रहेछ ।” आफूलाई एचआइभी सङ्क्रमण देखिए पनि आत्मबल उच्च बनाएर अहिले यही क्षेत्रमा काम गर्दै आएको भन्दै उहाँले अहिले देखिएको असमानता हटाउनका लागि समाज र स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुहुन्छ । आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितलाई सहयोग गर्नसके यसको रोकथाममा टेवा पुग्ने उहाँको भनाइ छ । हाल जिल्लामा भएका सङ्क्रमितमध्ये ९५ प्रतिशत सङ्क्रमित गरिबीको रेखामुनि रहेको बताउँदै उहाँले उनीहरूलाई जीविकोपार्जनका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

सङ्क्रमित अहिले समाजमा हुने विभेदका कारण खुल्न नसकेको पूर्वी चितवनका रमेश चौधरी ९नाम थर परिवर्तन० बताउनुहुन्छ । स्वास्थ्य परीक्षण, उपचार, सहयोग र हेरचाहमा असमानता देखिएको उहाँको भनाइ थियो । आर्थिकरूपमा सम्पन्न नभएकामा बढी मात्रामा एचआइभी सङ्क्रमण देखिने गरेको भन्दै उहाँले सङ्क्रमितको लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँकी श्रीमती पनि सङ्क्रमित भएपछि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । उपचारको अभावमा उहाँले आत्महत्या गर्न बाध्य भएको सम्झँदै उहाँले भन्नुभयो, “दिन दुःखीको कोही हुँदो रहेनछ ।” परिवारमा वृद्ध बुबा, चार छोराछोरी रहेको भन्दै उहाँले दैनिकी चलाउनसमेत कठिन हुने गरेको बताउनुभयो । छोराछोरीमा पनि एचआइभी सङ्क्रमण देखिएको छ । नियमितरूपमा औषधि सेवन गर्दै आइरहेको सो परिवार अहिले उपचार गर्न नसक्दा एक अभिभावक गुमाएको छ । जिल्लामा अहिलेसम्म दुई हजार ३७ जना सङ्क्रमित रहेका छन् । उनीहरूमध्ये एक हजार ४३ जनाले नियमित एन्टी रेट्रो भाइरल नाम औषधि सेवन गर्दै आइरहेका छन् । उनीहरूलाई एएचएफ नेपाल नामक संस्थाले यातायात, खाद्यान्न, उपचारलगायत सहयोग गर्दै आएको छ । सीमित मात्रामा हुने सहयोगले अपुग हुने गरेको छ । मासिकरूपमा सीमित मानिसलाई दिइने सेवाले कतिपय सङ्क्रमितले नियमित औषधि सेवनमा समेत समस्या आउने गरेको एएचएफ नेपाल भरतपुर अस्पतालका प्रमुख कृष्णहरि सापकोटाले बताउनुभयो । सापकोटाले औषधि स्थानीयस्तरमा रहेका अस्पतालबाट उपलब्ध गराउन सके प्रभावकारी बन्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com