काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन सुरु भएको छ ।
तीन राप्रपा एक भएपछि काठमाडौंको भृकुटीमण्डपमा एकता महाधिवेशन भएको हो । पर्सिसम्म चल्ने महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हु“दैछन् । कुल एक सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष तथा बा“की २५ प्रतिशत अर्थात ५२ जना नया“ कार्यसमितिले मनोनित गर्नेछ । महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन उम्मेदवार हुनुहुन्छ ।
तीन जना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले औपचारिक रुपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ । अध्यक्ष थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दलगायतको साथ रहेको छ । पटक पटक जुट्दै र टुक्रिदै आएको राप्रपाको संविधानसभामा एक सिट छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा भने सहभागी भएका छन् । राप्रपा महाधिवेशनमा दाहालसहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा मालेका महासचिव सीपी मैनालीलगायतका नेता पनि उपस्थित छन् । त्यस्तै महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने राप्रपाले जनाएको छ । एमालेले एकीकृत समाजवादीलाई भने निमन्त्रणा गरेको थिएन ।








प्रतिक्रिया दिनुहोस्