काठमाण्डौ । इजरायल रोजगारीका छनोट भएकाहरूले काठमाण्डौका विभिन्न ५ अस्पतालहरूमा कोरोना विरुद्धको खोप लगाउन सक्ने भएका छन् । काठमाण्डौको वीर अस्पताल, निजामती सेवा अस्पताल मिनभवन, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी वल अस्पताल बलम्बु खोप लगाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यी केन्द्रहरूमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि पीआईबिए द्वारा छनोट भएका र कोरोना विरुद्धको खोप लगाउन बा“की उम्मेदवारहरूलाई खोप लगाउनका लागि विभागले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्