काठमाडौं । राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले नया“ नेतृत्वलाई काम गर्ने मौका दिन अर्का दुई अध्यक्षलाई आग्रह गर्नुभएको छ । राप्रपाको महाधिवेशन भोलिदेखि काठमाडौंमा ह“ँदैछ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
वर्तमान अध्यक्ष पशुपतिशम्शेर जबराले चुनाव नलड्ने घोषणा गर्नुभएको छ भने अर्का अध्यक्ष लोहनीले लिङ्देनलाई समर्थन गर्नुभएको छ । त्यसको औपचारिक जानकारी दिन आज आयोजित कार्यक्रममा अध्यक्ष लोहनीले दुई अध्यक्षलाई पार्टीको हितमा अभिभावकीय भूमिका निर्वाह गर्न र नया“ नेतृत्वलाई काम गर्ने मौका दिन अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्