ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको ५३ जिल्लाको परिणाम, संस्थापन पक्ष २८ जिल्ला सभापति पोल्टामा पार्न सफल


एबीसी / संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ५३ जिल्लाको परिणाम घोषणा भएको छ । हालसम्मको मत परिणामअनुसार संस्थापन शेरबहादुर देउवा पक्ष ५३ मध्ये २८ जिल्ला सभापति आफ्नो पोल्टामा पार्न सफल भएको छ । संस्थापन इतर पक्षले भने २४ जिल्ला सभापतिमा जित निकालेको छ । झापामा भने कृष्ण सिटौला पक्षका उम्मेदवारले बाजी मारेका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ५३ जिल्लामा नया“ नेतृत्व चयन भइसकेको हो । केही जिल्लामा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ । मतपरिणामअनुसार ओखलढुंगा, पर्वत, रुकुम पश्चिम, इलाम, रुपन्देहीमा पनि संस्थापन समूहबाटै सभापति निर्वाचित बनेका छन् ।

यस्तै कञ्चनपुर, ललितपुरमा देउवा पक्षका विजयी भएका छन् । ललितपुरमा पनि देउवा समूहकै जितेन्द्रकुमार श्रेष्ठ विजयी भए । सल्यानमा, डडेल्धुरा, जुम्ला, जाजरकोट, पा“चथर, लमजुङ डोटीमासंस्थापन समूहबाट सभापति निर्वाचित भएका छन्। यस्तै ताप्लेजुङ, रामेछापमा मुगु बझाङ, म्याग्दी, मनाङ, कास्की, सुर्खेत तनहु“, काभ्रेमा पनि संस्थापन समूहबाटै जिल्ला सभापति चयन भएका छन् । यता नुवाकोट, उदयपुरमा संस्थापन पक्षकै जितनजिक छन्। स्याङ्जामा सभापतिमा निर्वाचित भएका पनि संस्थापननिकट रहेको जनाइएको छ । यस्तै संस्थापन इतर रामचन्द्र पौडेल समूहबाट रोल्पा, खोटाङ, पश्चिम नवलपरासीमा इतर समूहबाटै जिल्ला सभापति चुनिएका छन् ।

यस्तै पाल्पा, दैलेख, संखुवासभा, कालीकोट, दोलखा, मुस्ताङ, रुकुम पूर्व, गोरखा, बाजुरामा पनि पौडेल समूहबाटै जिल्ला सभापति बनेका छन्। यसैगरी अर्घाखाँचीमा, बैतडीमा, भोजपुरमा, तेह्रथुममा, सुनसरीमा धादिङमा र गुल्मीमा दैलेखमा मणिराम रेग्मी पनि इतर समूहबाटै जिल्ला सभापति विजयी भए । काठमाडौंमा रामचन्द्र, प्रकाशमान र गगन थापा गठबन्धनकाल जित निकालेका छन् । दार्चुला र दाङमा पनि संस्थापन इतर समूहबाटै जिल्ला सभापति चयन भए । उता झापामा सिटौला पक्षका निर्वाचित भएका छन् । अन्य केही जिल्लामा समेत नेतृत्व चयनको प्रक्रिया जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com