ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको ५३ जिल्लाको परिणाम, संस्थापन पक्ष २८ जिल्ला सभापति पोल्टामा पार्न सफल


एबीसी / संवाददाता
मंसिर १३, २०७८ सोमबार  ७ : ०९ बजे

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत ५३ जिल्लाको परिणाम घोषणा भएको छ । हालसम्मको मत परिणामअनुसार संस्थापन शेरबहादुर देउवा पक्ष ५३ मध्ये २८ जिल्ला सभापति आफ्नो पोल्टामा पार्न सफल भएको छ । संस्थापन इतर पक्षले भने २४ जिल्ला सभापतिमा जित निकालेको छ । झापामा भने कृष्ण सिटौला पक्षका उम्मेदवारले बाजी मारेका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ७७ मध्ये ५३ जिल्लामा नया“ नेतृत्व चयन भइसकेको हो । केही जिल्लामा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको छ । मतपरिणामअनुसार ओखलढुंगा, पर्वत, रुकुम पश्चिम, इलाम, रुपन्देहीमा पनि संस्थापन समूहबाटै सभापति निर्वाचित बनेका छन् ।

यस्तै कञ्चनपुर, ललितपुरमा देउवा पक्षका विजयी भएका छन् । ललितपुरमा पनि देउवा समूहकै जितेन्द्रकुमार श्रेष्ठ विजयी भए । सल्यानमा, डडेल्धुरा, जुम्ला, जाजरकोट, पा“चथर, लमजुङ डोटीमासंस्थापन समूहबाट सभापति निर्वाचित भएका छन्। यस्तै ताप्लेजुङ, रामेछापमा मुगु बझाङ, म्याग्दी, मनाङ, कास्की, सुर्खेत तनहु“, काभ्रेमा पनि संस्थापन समूहबाटै जिल्ला सभापति चयन भएका छन् । यता नुवाकोट, उदयपुरमा संस्थापन पक्षकै जितनजिक छन्। स्याङ्जामा सभापतिमा निर्वाचित भएका पनि संस्थापननिकट रहेको जनाइएको छ । यस्तै संस्थापन इतर रामचन्द्र पौडेल समूहबाट रोल्पा, खोटाङ, पश्चिम नवलपरासीमा इतर समूहबाटै जिल्ला सभापति चुनिएका छन् ।

यस्तै पाल्पा, दैलेख, संखुवासभा, कालीकोट, दोलखा, मुस्ताङ, रुकुम पूर्व, गोरखा, बाजुरामा पनि पौडेल समूहबाटै जिल्ला सभापति बनेका छन्। यसैगरी अर्घाखाँचीमा, बैतडीमा, भोजपुरमा, तेह्रथुममा, सुनसरीमा धादिङमा र गुल्मीमा दैलेखमा मणिराम रेग्मी पनि इतर समूहबाटै जिल्ला सभापति विजयी भए । काठमाडौंमा रामचन्द्र, प्रकाशमान र गगन थापा गठबन्धनकाल जित निकालेका छन् । दार्चुला र दाङमा पनि संस्थापन इतर समूहबाटै जिल्ला सभापति चयन भए । उता झापामा सिटौला पक्षका निर्वाचित भएका छन् । अन्य केही जिल्लामा समेत नेतृत्व चयनको प्रक्रिया जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com