ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री देउवासँग स्पेनका प्रान्तीय सभामुख नेतृत्वको प्रतिनिधिमण्डलको भेट


एबीसी / संवाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको स्पनेको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख ब्लान्का मार्टिन डेलगाडो नेतृत्वको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले स्पेनमा लुम्बिनी गार्डेन परियोजना बनाउन लागेकामा खुसी व्यक्त गर्दै त्यसमा नेपाल सरकारको पूर्ण सहयोग रहने आश्वासन दिनुभयो ।

स्पेनमा लुम्बिनी गार्डेन परियोजना बनाउने कार्य र यस्ता भेटघाटले नेपाल–स्पेन कूटनीतिक सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रधानमन्त्री देउवाको भनाइ थियो । साथै उहाँले हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि जलवायु परिवर्तनले नेपाललाई बढी असर गरेको उल्लेख गर्दै जलवायु परिवर्तन र वातावरणका क्षेत्रमा पनि सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको फाउण्डेसनका सचिव एकराज गिरीले जानकारी दिनुभयो । सो अवसरमा सभामुख ब्लान्का मार्टिन डेलगाडो व्यस्तताका बाबजुद पनि समय उपलब्ध गराउनुभएकामा प्रधानमन्त्री देउवाप्रति आभार व्यक्त गर्दै स्पेनमा फाउण्डेसनले बनाउने परियोजनाले बुद्धको जन्मभूमि नेपालका बारेमा थप प्रचारप्रसार हुने बताउनुभयो ।

यसले द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले बुद्धजन्म भूमिबाट बुद्धको शान्तिको सन्देश स्पेनले संसारभर फैलाउन पाउँदा खुसी भएको उल्लेख गर्नुभएको थियो । भेटमा स्पेनका स्थानीय सरकारका प्रमुख, फाउण्डेसनका अध्यक्ष जोसे मानुयल भिलानोभा, उपाध्यक्ष गोविन्द सुवेदी, सचिव गिरीलगायत सहभागी हुनुुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com