ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतद्धारा वेष्ट इण्डिज १ सय ५ रनले पराजित


admin

काठमाडौ, १२ असार । वेष्ट इण्डिजसँगको दोश्रो एकदिवसीय क्रिकेट भारतले १ सय ५ रनले जितेको छ ।
आइतबार राति भएको खेलमा ३ सय ११ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजलाई २ सय ५ रनमा रोक्दै भारतले १ सय ५ रनको जित हात पारेको हो । पानी परेपछि ४३ ओभरमा छोट्याइएको खेलमा वेष्ट इण्डिजले ६ विकेट गुमाएर २ सय ५ रन मात्र बनाउन सक्यो । उसका शइ होपले ८१ रन बनाए । भारतका कुलदीप यादवले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । पहिले ब्याटिङ गरेको भारतले अजिन्क्या रहानेको शतकको मद्दतमा ४३ ओभरमा ५ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । भारतका अजिन्क्या रहानेले १ सय ३, कप्तान विराट कोहलीले ८७ र शिखर धवनले ६३ रन बनाएका थिए । जितस“गै भारतले ५ एकदिवसीय खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण बिना नतिजा सकिएको थियो । यस्तै दक्षिण अफ्रिकास“गको ट्वेण्टी–ट्वेण्टी क्रिकेट श्रृंखला इंग्ल्याण्डले २–१ ले जितेको छ । आइतबार राति भएको दोश्रो खेलमा १९ रनले जित्दै इंग्ल्याण्डले श्रृँखला जितेको हो । १ सय ८२ रनको लक्ष्य पछ्याएको दक्षिणफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले डेभिड मलानको विष्फोटक ब्याटिङ मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । मलानले ४४ बलमा १२ चौका र २ छक्का मद्दतले ७८ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दै : नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं, १२ जेठ । काठमाडौं– बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। आजको सदनमा राट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत

प्रदेश सांसदलाई मेयरमा पत्याएनन् जनताले : प्रदेश सांसदबाट राजीनामा दिएर मेयर उठेका ८ मध्ये ६ जना पराजित

काठमाडौं, १२ जेठ ।  प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन्।प्रदेश १ को प्रदेशसभाबाट राजीनामा

७४९ पालिकाको नतिजा आयो, अब ४ वटाको बाँकी कुन पालिकामा कसको अग्रता

काठमाडौं, १२ जेठ । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर,

सम्बन्धित

यू–१९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी

एकदिवसीय क्रिकेट सिरिज नेपाललाई

नवौँ राष्ट्रिय खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ : लोगो र मस्कट सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक

नेपाल र जिम्बावे ‘ए’ बीचको टी-२० खेल वर्षाका कारण रद्द

आईपीएल : गुजरात र बेङ्ग्लोर तथा राजस्थान र मुम्बई खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...