ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीबाट पीडितले सहयोग पाउँछन्– मन्त्री बस्नेत


sharan sharan

काठमाडौँ, २० पुस । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले समस्याग्रस्तहरु सहकारीबाट पीडितले सहयोग पाउने   बताएका ।उनले सहकारी ऐन २०७४ ले सो विषयमा सम्बोधन गरेको बताउँदै पीडितलाई राहत उपलब्ध गराउनका लागि समिति बन्ने दाबी गरेका छन् ।
राष्ट्रिय सहकारी महासंघको २५औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आवश्यकता अनुसार सहकारी एने २०७४ संशोधन हुने जानकारी दिए । उनले भने, “सहकारी ऐनको दण्ड सजायबारे आलोचना भइरहेको छ । उक्त ऐन कानुनको परिधिमा रहेर काम गर्ने सहकारी संस्थाहरु दण्डित नहुने बताउदै । उनले जनतामा पुगेर काम गर्ने आर्थिक ‘मोडेल’ सहकारी भएको भए पनि अझै पनि सहकारीको विषयमा चेतना वृद्धि गर्न आवश्यक रहेको बताए ।“रोजगारी सिर्जना गर्न उत्पादन वृद्धि गर्नका लागि सहकारीले अझै पनि योगदान बढाउनुपर्छ, उनले बताए ।

नेपाली काँग्रेसका सहकारी विभाग प्रमुख तथा पुर्वमन्त्री वालकृष्ण खाणले नेपाली जनताको चाहना अनुरुप आर्थिक उन्नति, भौतिक विकास, रोजगारीका अवसरको सृजना तथा गरिबी निवारणमा सहकारीले निर्वाह गरेको प्रभावकारी भुमिकाको बारेमा प्रसंशा समेत गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, प्रदेशसभा सदस्य पशुपति चौलागाईँ, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल र सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले ऐनले सहकारीको प्रवद्र्धन गर्ने नीति अबलम्बन गरेको बताए ।

महासंघका अध्यक्ष केशव वडालले आर्थिक वर्ष २०७३\७४ मा सहकारी तथा गरिवी निवारण मन्त्रालयबाट प्राप्त गरेको रु एक करोड अनुदानबाट विभिन्न प्रवद्धनात्मक कार्यक्रम गरेको बताए । उनले सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडालले सहकारी विभागसँगको सहकार्यमा सम्पत्ती शुद्धीकरण अभिमुखीकरण, सहकारी सूचना प्रणाली अभिमुखीकरणलगायत तालिम संचालन गरेको बताए ।

साधारण सभामा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मन्त्रालयहरु समायोजन हुँदा सहकारी मन्त्रालयको स्वरुपलाई परिवर्तन गर्न नहुनेमा जोड दिए ।

साधारण सभाले सहकारी ऐन अनुसार आफ्नो विनियमसमेत संशोधन गर्ने निर्णय गरेको छ । महासंघका देशभरि रहका केन्द्रीयस्तरका सहकारी संघ तथा जिल्लास्तरीय संघ गरी ३२१ सदस्य संघ रहेका छन् । तेह्रवटा सहयोगी सदस्य संस्था रहेका छन् । त्यसैगरी महासंघले केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक तथा जिल्लासंघमार्फत भूकम्प प्रभावित जिल्लाका सहकारी संघ\संस्थाको व्यवसाय पुर्नउत्थान तथा प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले सहुलियतपूर्ण ऋण प्रदान गर्ने जनाएको छ । कार्यक्रममा सहकारीमा विद्यावारिधि गरेका विश्वमोहन आचार्य, खगराज शर्मा, कृष्ण पौडेल, ज्ञानेन्द्र पौडेल र गोविन्दराज जोशीलार्ई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !

एमालेभित्र विद्या भण्डारीको विषय प्रवेश, कुनै निर्णय भएन

सम्बन्धित

पेट्रोल र डिजलको मूल्य घट्यो

काठमाडौँको मुख्य ठाउँहरूमा जग्गाको सरकारी मूल्याङ्कन प्रतिआना ५० लाख !

किन अहिले आइफोन किन्नु हुँदैन ?

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको कार्यान्वयन स्थिति कस्तो छ ?

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com