ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहुलियत मूल्य पसल सञ्चालन, ३९ जिल्लाका ४३ स्थानमा बिक्री कक्ष


एबीसी / संवाददाता
आश्विन १, २०७८ शुक्रबार   १ : ४४   बजे

काठमाडौं । सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ । मुलुकका ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार चामल, क्वाटी, दाल, फापर र पिठोमा प्रतिकिलो रु पाँच, भटमासको तेलमा प्रतिलिटर रु १० तथा तोरी र सनफ्लावर तेलमा प्रतिलिटर रु पाँच छुट दिइएको छ । उपभोक्ताले कर्णालीको सिमी र फापरको दानामा प्रतिकिलो रु १० र जिउँदो खसी बोकामा प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीले दशैँलाई लक्षित गरी खसी बोका ल्याउने तयारीसमेत गरेको छ । दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन हेलिकोप्टर, हवाईजहाज र पैदल बाटो प्रयोग गरी खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । काठमाडौँ उपत्यकामा थापाथली, रामशाह पथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा पसल सञ्चालन हुनेछ । यस्तै उपत्यकाभित्र निःशुल्क ‘होम डेलिभरी’को पनि व्यवस्था गरिएको छ । सस्तो डिल, मुकुन्दो र गोगो २० लगायत ‘डेलिभरी प्लेटफर्म’बाट होम डेलिभरी हुनेछ ।

कोरोना सङ्क्रमणको जोखिम कायम रहेका कारण बढी भीडभाड नहोस् भन्ने उद्देश्यले सरकारले गत वर्षभन्दा एक साता अगाडि पसल सञ्चालनमा ल्याएको छ । सरकाले गत वर्ष घटस्थापनाको १५ दिन अगाडिदेखि मात्र पसल सञ्चालन गरेको थियो । सहुलियत मूल्यको पसल आगामी कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

सहुलियत पसलको शुभारम्भ गर्र्दै कम्पनीका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले उपभोग्य बजारलाई सन्तुलित गर्ने र मूल्यवृद्धिलाई नियन्त्रण गर्ने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले व्यवस्थित र पारदर्शीरुपमा पसल सञ्चालन गर्न कम्पनीका पदाधिकारीलाई निर्देशन दिनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले जनतालाई सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने लक्ष्यका साथ पसल सञ्चालनमा ल्याइएको बताउनुभयो । कम्पनीले भूकम्प, नाकाबन्दी र कोरोना नियन्त्रण गर्न लागू गरिएको बन्दाबन्दीको अवसरमा उपभोक्तालाई छुट मूल्यमा दैनिक उपभोग्य सामग्री बिक्री वितरण गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group