दाङ । दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउदा चार जनाको ज्यान गएको छ । बाढीमा बेपत्ता भएका चारै जनाको शव भेटिएको छ । भारतसंगको नाका रुपैडियाबाट किनमेल गरेर फर्कदै गर्दा गएराति प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको थियो । बाढीले कार बगाउदा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको हो । घोराही उपमहानगरपालिका–१६ का जगत श्रेष्ठकी छोरीहरु ३२ वर्षीया सुशीला श्रेष्ठ र ३० वर्षीया राधिका श्रेष्ठ कु“वरको मृत्यु भएको हो । यस्तै कारमा रहेका घोराही–१३ का ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको पनि मृत्यु भएको हो ।
कार चालकलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरीले जनाएको छ । चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भा“चिएको छ । पुनको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्