काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ५ को प्रतिनिधिसभा विघटनविरुद्धको लडाइ“ जितिसकेको अवस्थामा अदालतले पार्टी फुटाइदिएर झट्का दिएको बताउनुभएको छ । माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधनका गर्दै अध्यक्ष प्रचण्डले एउटा लडाइ“ जितेर उत्सव मनाउन नपाउ“दै अदालतले नेकपालाई खारेज गरिदिएर दुईवटा पार्टी बनाइदिएको पनि गुनासो गर्नुभयो । प्रतिनिधिसभा पुनस्र्थापना हु“दा माधव नेपाल र आफूले खाएको लड्डुको स्वाद जान नपाउ“दै अदालतले टाउकोमा घन हानेर पार्टी नै दुइटा बनाइदिएको उहा“को गुनासो छ । फागुन २३ को सर्वोच्चको फैसलातर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले त्यो घनको चोट बल्ल निको बनाएर अहिले ओलीविरुद्धको लडाइ“मा हामी बल्ल विजयी भएको दावी गर्नुभयो ।
प्रचण्डले अब माओवादीले आफैं राष्ट्रको नेतृत्व लिने गरी लाग्नुपर्ने पनि बताउनुभयो । अब पनि आफूआफूमा झगडा गरेको थाहा पाए प्रतिक्रान्तिकारीहरुले टाउको उठाउने भन्दै अध्यक्ष प्रचण्डले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले बिदा लिने सोचमा रहेको पनि बताउनुभयो । ’अब म छिट्टै बिदा लिन्छु तर त्यसका लागि तपाईंहरु तयार हुनुपर्यो। छिट्टै भनेको त्यो भोलि नै होइन । अब तपाईंहरु नेतृत्वमा आउन तयार हुनुपर्छ।’उहा“ले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्