काठमाडौं । आजदेखि मुलुकभर गाइजात्रा सुरु भएको छ । यो पर्व भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइन्छ ।
गाइजात्रालाई परम्परागत सांस्कृतिक उत्सवका रुपमा पनि लिने गरिन्छ । ‘गाईजात्रा’ कै अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ । आजको दिनलाई एक बर्षभित्र दिवंगत भएका आफ्ना आफन्तलाई सम्झने चलन पनि छ । दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने गरिन्छ । साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहि आएको छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, संखुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्कीलगायत जिल्लाका शहरमा पनि मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस्