ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा अफगानिस्तानका युवा फुटबलर


एबीसी / संवाददाता
भाद्र ४, २०७८ शुक्रबार  ७ : ४७ बजे

काबुल । काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् । विमानबाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ । उनको मृत्युबारे थप जानकारी भने सार्वजनिक गरिएको छैन । अफगानिस्तानको फिजिकल एजुकेसन एन्ड स्पोर्टको जेनेरल डाइरेक्टरेटले अनवरीको निधनप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । ‘उनको आत्माले शान्ति पाओस् र उनको परिवार, मित्र र समकक्षीका लागि भगवानसँग प्रार्थना गर्दछौँ,’ संस्थाले भनेको छ । अन्यले पनि सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

तालिबानले अफगानिस्तानमा कब्जामा जमाएपछि हजारौँ सङ्ख्यामा अफगान नागरिकहरू देश छाडेर भागिरहेका छन् । पश्चिमा राष्ट्रहरूले आफ्ना नागरिकहरूलाई उद्धार गर्न थालेपछि अफगान नागरिकहरू पनि काबुलस्थित विमानस्थलमा पुगेका थिए । सोमबार अमेरिकी एयरफोर्सको विमानको छेउमा रनवेमा सयौँ मानिसहरू कुद्दै गरेको र केही विमानको चक्कामाथि झुन्डिएर बसिरहेको भिडियो बाहिर आएको थियो । स्थानीय मिडियाका अनुसार कम्तीमा दुई जनाको विमानमा खसेर मृत्यु भएको छ । यता, कतार आइपुगेको विमानको ल्यान्डिङ गियरमा मानिसहरूको शव फेला परेको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com