ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६ महिनाभित्र पन्ध्र लाखलाई निःशुल्क खोप– मुख्यमन्त्री पोखरेल


एबीसी / संवाददाता

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अबको ६ महिनाभित्र १८ वर्ष माथिका १५ लाख प्रदेशवासीले कोरोना विरुद्धको खोप पाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला समन्वय समिति तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । हालसम्म आठ लाख मानिसलाई पहिलो र तीन लाखलाई दोस्रो चरणको खोप प्रदान गरिसकिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले सिधै खरिद गरेर ल्याउन नसकिने कारणले केही ढिलाइ जस्तो हुन गएको हो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको पहिलो प्राथमिकता भनेकै निःशुल्क खोप उपलब्ध गराउनु हो ।” प्रदेशका एक दुई जिल्लामा बाहेक अक्सिजन प्लान्ट जडान र बेड क्षमता वृद्धि गर्न नसकिए पनि पहलकदमी भैरहेको उहाँले बताउनुभयो । दोस्रोसँगै तेस्रो लहरको भेरियन्ट पनि देखिन थालेकाले यस किसिमको कोभिडसँग जुँध्न प्रदेश सरकार तयारी अवस्थामा रहेको उल्लेख गर्दै उहाँले सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।

प्रदेश सरकारले बाढीपहिराबाट पूर्ण क्षति भएका परिवारलाई रु एक लाख राहत प्रदान गर्ने भएकाले जिल्लाबाट त्यस्ता क्षति भएका घरको जति सक्दो छिटो विवरण पठाउन मुख्यमन्त्री पोखरेलले निर्देशन दिनुभयो । बाढीपहिराले प्रदेशका मनाङ, गोरखा, लम्जुङ र तनहुँ जिल्लामा बढी क्षति भएको छ । गण्डकी प्रदेश सरकारको कार्यसम्पादन सुशासनमा उत्कृष्ट बन्नुपर्छ भन्ने उद्देश्यले कार्यालयबाट दिइने सेवामा मूल्याङकन थालिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जिल्लामा भएका शान्ति सुरक्षा र विपद्बाट क्षतिको बारेमा जानकारी गराउनुभएको थियो । मुख्यमन्त्री पोखरेलले आजै पार्टी कार्यालयमा कार्यकर्तालाई भेटघाट गरी निर्देशन दिनुभएको छ । त्यसैगरी केही दिन अघि आएको बाढीले व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोला पुल बगाएपछि त्यसको अनुगमन गर्ने कार्यक्रम रहेको बताइएको छ । कार्यक्रम जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरणम वाग्लेको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com