ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन विभाजन भए एमाले र समाजवादी ?


एबीसी / संवाददाता

काठमाडौं । नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टी नेपाल जसपाअन्ततः विभाजन भएका छन् ।

एमालेभित्र विवाद झागिँदै गएपछि दुईपटक विघटन गरिएको प्रतिनिधिसभा र त्यसपछि विकसित मुलुकको राजनीतिक घटनाक्रमले यी दुवै राजनीतिक शक्तिलाई विभाजनसम्म पु¥याएको हो । राजनीतिक द्वन्द्वबाट उत्पन्न परिस्थितिका कारण पटकपटक दल विभाजन हुँदा सरकारलाई स्थिरता प्रदान गर्ने हेतुले दल विभाजनसम्बन्धी व्यवस्थालाई कडाइ गरिएको थियो । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले त्यसलाई उल्ट्याइदिए छ । त्यसो त प्रमुख राजनीति दलको विभाजनप्रति आम नागरिकले चिन्ता व्यक्त गर्दै सत्ता स्वार्थ र सुझबुझपूर्ण राजनीतिक नेतृत्वको कमी देखिएको प्रतिक्रिया दिएका छन् । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनपछि प्रस्तावित नयाँ राजनीतिक दल नेकपा एमाले ९समाजवादी०का नेता राजेन्द्रप्रसाद पाण्डेले भने नेपालका अरु वामपार्टीलाई समेटेर क्रान्तिकारी वाम आन्दोलनको नयाँ धु्रवीकरण गर्ने योजनाका साथ नयाँ दल दर्ता गरिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “एमालेमा अलमलिएका कयौँ साथीलाई अब चाँडोभन्दा चाँडो एमाले ९समाजवादी० भित्र समावेश हुन हामी आह्वान गर्छौँ । त्यहाँ रहेकासँग कुनै शत्रुता गर्दैनौँ । एमालेले अब कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सक्दैन ।” माधव नेपालको अध्यक्षतामा गठन भएको उक्त दलमा ९५ सदस्यीय केन्द्रीय समितिमा झलनाथ खनाल बरिष्ठ नेता हुनुहुन्छ । साविक एमालेबाट ५८ केन्द्रीय सदस्य र ३१ जना सङ्घीय सांसद नयाँ दलमा आउनुभएको जानकारी दिइएको छ । प्रारम्भमा खुला किताब चुनाव चिह्न प्रस्ताव गरिएको चर्चा चलेको भए पनि निर्वाचन चिह्नबारे निर्णय भइनसकेको र छलफलकै चरणमा रहेको जानकारी दिइएको छ ।

पटक–पटक प्रतिनिधिसभा भङ्ग गरेपछि त्यसको रक्षा तथा संविधानको रक्षाका एमाले९समाजवादी० दर्ता गर्नु परेको नेता पाण्डेले प्रतिक्रिया दिनुभयो । एमाले नेतृत्वबाट आफूहरूप्रति गरेको ब्यवहारका कारण सो पार्टीमा बस्ने आवस्था नरहेको उहाँको भनाइ छ । दल दर्ताको प्रमाणपत्र पाएपछि चाँडै पार्टीको राष्ट्रिय भेला र सम्मेलन गरीे कम्युनिष्ट आन्दोलनलाई पुर्नगठन गर्ने र सर्वहारा श्रमजीवी जनताको हकहित अधिकार र राष्ट्रिय स्वाधीनताका लागि लड्ने दृढताका साथ काम गर्ने उहाँले अठोट व्यक्त गर्नुभयो । निर्वाचन आयोगमा आजै समाजवादी पार्टी नेपाल९लोकतान्त्रिक०का वरिष्ठ नेता राजेन्द्र महतोले साविकको जसपा विभाजन भएर नै नयाँ दल दर्ताका लागि निवेदन दिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “विभाजित राजनीतिक दलका रूपमा जनता समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक दर्ता भएको छ, सावित जसपाको १५ सांसद र १७ केन्द्रीय सदस्य नयाँ दलमा आउनुभएको छ ।”

अध्यक्षमा महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो रहनुभएको नयाँ दल २४ सदस्यीय कार्यकारिणी समितिको छ । मुलुकमा अरु दल पनि विभाजन भएको हुँदा विभिन्न कालखण्डमा पार्टी टुटफुट त भई हाल्छ नि भन्ने प्रतिक्रिया दिँदै वरिष्ठ नेता महतोले भन्नुभयो, “कुनै अध्यादेशले फाइदा पनि गर्छ नि त, आवश्यकता थियो र त अध्यादेश आएको हो नि ?” सोही दलका नेता शरदसिंह भण्डारीले आफूहरूले गठन गरेको नयाँ पार्टीले समावेशीका मुद्दालाई प्राथमिकता दिने तथा दलको चरित्र र सङ्गठन सशक्त बनाउने बताउनुभयो । तराई मधेशका माग मुद्दालाई कमजोर हुन नदिने हेतुले विगतमा पार्टी एकीकरण गरिएको सुनाउँदै उहाँले दलभित्र सत्ताको राजनीति अघि सारिएपछि विभाजन नै उपयुक्त बाटो ठानिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com