ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहका जनप्रतिनिधि जलवायु परिवर्तनका बारेमा बेखबर


एबीसी / संवाददाता

काठमाडौं । जनताको घर नजिकै पुगेका स्थानीय सरकारको नजरमा जलवायु परिवर्तनको विषय नीति निर्माण एवं काम गर्ने मुद्दा बन्न सकेको छैन । जलवायु परिवर्तनका विषयको कार्यक्रम लिएर स्थानीय तहमा पुग्दा यस्तो देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनल ९टिआइ० नेपालले आज यहाँ गरेको ‘जलवायुमा शासकीय सदाचार’ विषयमा सञ्चारकर्मीसँग छलफल गर्न आयोजित कार्यक्रममा जानकारी गराइएको हो ।

रामेछाप, सिन्धुपाल्चोक, चितवन र कास्की चार जिल्लाका १३ स्थानीय तहमा जलवायु परिवर्तनसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम लिएर जाँदा जनप्रतिनिधि नै यस विषयमा अनभिज्ञ रहेको पाइएको टिआइ नेपालका वरिष्ठ अधिकृत विनोद भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमका विषयमा जानकारी दिएपछि ती स्थानीय तहले यो विषयमा नीति निर्माण एवं कार्यान्वयनमा पहल गर्न थालेका छन् । कार्यक्रम लिएर जानुअघि जलवायु परिवर्तनका बारेमा स्थानीय तहले कुनै काम नगरेको टिआइ नेपालका कार्यक्रम संयोजक प्रकृति अधिकारीले सो अवसरमा बताउनुभयो । सङ्घीय र प्रदेश सरकारको पनि जलवायु परिवर्तको क्षेत्रमा ध्यान जान नसकेको अनुभव उहाँले सुनाउनुभयो । जलवायु परिवर्तनका क्षेत्रमा कति बजेट आयो भन्नेसम्म पारदर्शीरूपमा पाउन नसकिएको, उद्योग दर्ता गर्ने निकायमा वातावरणबारेमा जानकार विज्ञको दरबन्दी नहुने, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले रु १२ अर्ब खर्च गरे पनि शिवालिक क्षेत्रमा केही काम नभई तराई क्षेत्रमा मात्र बजेट खर्च गरिएको जस्ता विषयमा सरोकार भएका निकायको ध्यान जान नसकेकामा सञ्चारकर्मीले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com