ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै स्थानीय सरकार


एबीसी / संवाददाता
श्रावण ३१, २०७८ आईतबार  १० : ४६ बजे

पाँचथर । यहाँका स्थानीय तहहरुले आ–आफ्ना प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै लगेका छन् । अधिकांश स्थानीय तहले प्रशासकीय भवनलगायत संरचना तथा वडा कार्यालय निर्माण पूरा गर्दै लगेका छन् । केहीले भने चालु आर्थिक वर्ष २०७८÷७९ मा निर्माण सम्पन्न गर्न बजेटको प्रबन्ध गरेका छन् । पाँचथरमा आठवटै स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रममा प्रशासकीय भवन निर्माणलाई प्राथमिकतामा राखेका छन् । कतिपय स्थानीय तहले भने चालु आवमा पालिका र वडाका कार्यालय भवन निर्माण पूरा गर्दैछन् ।

फिदिम नगरपालिकाले बहुवर्षीय ठेक्कामार्फत विगत चार वर्षदेखि प्रशासकीय भवन निर्माण गर्दै आएको छ । भवनका दुई तला प्रयोगमा आइसकेका छन् । भाडाको घरमा रहेको नगरपालिकाको कार्यालय गत वर्ष नै आफ्नै कार्यालयमा सरेको छ । भवनको बाँकी दुई तला चालु आवमा सम्पन्न गर्ने लक्ष्यका साथ बजेट छुट्यााई काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडा नं ८ बाहेक बाँकी १३ वटै वडाका कार्यालय भवन चालु आवमा निर्माण सम्पन्न गर्ने नगरपालिकाले लक्ष्य लिएको उपप्रमुख उर्मिला प्रधानले जानकारी दिनुभयो । निर्माणको सुरुआत नभएका वडा नं १, ४ लगायतका वडा कार्यालय भवनसमेत चालु आवमा सम्पन्न गर्न बजेटको प्रबन्ध गरिएको छ ।

उत्तरी याङ्वरक गाउँपालिकाले तीनतले प्रशासकीय भवन १४ महिनाअघि निर्माण थालेको थियो । चालु आवमा पहिलो तला ढलान गरी सञ्चालनमा ल्याउन प्रयासरत रहेको गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङको भनाइ छ । याङवरकले रु पाँच करोड ४१ लाख ४३ हजारको लागतमा भवन निर्माणको ठेक्का सम्झौता गरेको छ । गत वर्षको जेठ २९ मा भएको ठेक्का सम्झौताअनुसार तीन वर्षभित्र निर्माण सम्पन्न हुनुपर्छ । यद्यपि कोभिड–१९ सङ्क्रमणको महामारीका कारण यहाँको भवन निर्माण प्रभावित बनेको हो । प्रशासकीय भवन निर्माणका विषयमा अदालतमा मुद्दा परेपछि निर्माण समयमा सुरु गर्न नसक्दा आफ्नै कार्यकालमा भवन निर्माण पूरा गर्न नसकिएको उपाध्यक्ष योङहाङले बताउनुभयो । याङवरकका छ वटा वडामध्ये वडा नं २ र ५ को भवन निर्माण अन्तिम चरणमा पुगेको छ । बाँकी वडा कार्यालयले आफ्नै पक्की भवनबाट सेवा दिँदै आएका छन् ।

दक्षिणी मिक्लाजुङ र तुम्बेवा गाउँपालिकाले प्रशासकीय भवन निर्माणलाई पूर्णतातर्फ लगेका छन् । मिक्लाजुङको भवन मिक्लाजुङ–४ रवि तथा तुम्बेवाको तुम्बेवा–३ मौवामा निर्माणाधीन छन् । कुनै जटिलता नआए यी गाउँपालिकाले चालु आवबाटै प्रशासकीय भवन तथा अधिकांश वडाका भवनबाट सेवा सञ्चालन गर्नेछन् । दुवै गाउँपालिकाले सङ्घ र प्रदेश सरकारसँग लागत साझेदारीमा प्रशासकीय भवन निर्माण गरिरहेका छन् ।

जिल्लाको फाल्गुनन्दमा गत आवमा प्रशासकीय भवन निर्माणका लागि गाउँपालिकाको वडा नं ५ मा निःशुल्क जग्गा प्राप्त भएको छ । प्रशासकीय भवनसहित अन्य सार्वजनिक संरचना निर्माणका लागि गत आवमा मात्रै ६० रोपनीभन्दा बढी जग्गा प्राप्त भएकाले चालु आवमा प्रशासकीय भवन निर्माणको सुरुआत हुने गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । सङ्घ तथा प्रदेश सरकारसँग लागत साझेदारी गरी निर्माण थालिने कुरुम्बाङले बताउनुभयो । विसं २०७४ असारमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको काम थालेको छोटो समयमै निधन हुँदा यहाँ गाउँपालिकाको केन्द्र निर्धारणको विवादसमेत समाधान हुनसकेको थिएन । गत वर्षको उपनिर्वाचनबाट कुरुम्बाङ अध्यक्ष चुनिएपछि भौतिक संरचना निर्माणका प्रक्रियाले गति लिएका छन् ।

जिल्लाको हिलिहाङ गाउँपालिकाले गत आवमा मात्रै प्रशासकीय भवन निर्माण गर्ने जग्गा प्राप्त गरेको छ । गत आवमा भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी माटो परीक्षण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । सङ्घ र प्रदेश सरकारसँग थप अनुदानका लागि प्रस्ताव गर्दै हिलिहाङले प्रशासकीय भवन निर्माणका लागि रु दुई करोड बजेट छुट्यााएको छ । हिलिहाङले वडा नं १ र ५ को वडा कार्यालय भवन निर्माणका लागि समपूरक अनुदान प्राप्त भएको जनाएको छ ।

वडा नं २, ३, ६ र ७ का भवन निर्माणका लागि चालु आवमा जग्गा प्राप्ति गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । वडा नं ४ को भवनमा भने अहिले गाउँपालिकाको कार्यालय रहेकाले गाउँपालिकाले नयाँ भवन निर्माण गरेपछि वडा कार्यालय आफ्नै भवन साविक पञ्चमी गाविसको कार्यालयमा सर्नेछ । यो गाउँपालिकाले एक वडा एक सामुदायिक भवनको नीतिअनुसार भवन निर्माण गर्दै आएको छ ।

कुम्मायक गाउँपालिकाले कुम्मायक–१ रानीगाउँ टोलमा जग्गा प्राप्त गरी चालु आवबाट निर्माण थाल्ने भएको छ । यस्तै सबै वडामा कार्यालय निर्माण र पाँचवटै वडामा सभाहल निर्माणलाई क्रमशः सम्पन्न गर्ने विषयलाई चालु आवको नीति तथा कार्यक्रममा समेटेको छ । उत्तरी फालेलुङले गत आवबाट गाउँपालिकाको प्रशासकीय भवन निर्माण थालेको थियो । गत वर्ष असोज २७ गते फालेलुङ–३ थोक्लिम्बामा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास भएको थियो । हालसम्म पहिलो तला ढलान सम्पन्न भएको छ । चालु आवमा निर्माणलाई निरन्तरता दिन गाउँपालिकाले रु एक करोड २४ लाख बजेट छुट्याएको छ । यहाँ तीन वर्षे ठेक्का सम्झौता गरी तीनतले प्रशासकीय भवन बन्न लागेको हो । यस गाउँपालिकामा वडा नं ५, ६, ७ र ८ का वटा वडा कार्यालय भवन जनप्रतिनिधि निर्वाचित भएपछि निर्माण पूरा भई सञ्चालनमा आएका छन् । भवन निर्माण बाँकी रहेका चारवटा वडामा दुई महिनाभित्रै भवन निर्माण पूरा भई सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले जानकारी दिनुभयो ।

चालु आवमा स्थानीय तहको प्रथम निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल पूरा हुने भएकाले समेत सबै स्थानीय तहले भवनसहित प्रशासकीय पूर्वाधार निर्माणमा जोड दिएका हुन् । तीन तहको सङ्घीय संरचनालाई संस्थागत गर्न गाउँपालिकालाई संस्थागत गर्नुपर्ने भएकाले विशेष महत्वका साथ भौतिक संरचना निर्माण थालिएको जिल्लाको याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

रास्वपालाई चीनको पत्र : रवि–बालेनको नेतृत्वमा सम्बन्ध नयाँ उचाइमा पुर्‍याउन विश्वस्त छौं

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् ‘धन्यवाद’

नेपालमा चिनियाँ राष्ट्रपतिका पुस्तक किन जलाइयो ? चिनियाँ दूतावासमार्फत चासो

हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ– उपसभापति स्वर्णिम वाग्ले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com