काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलिका लागि सारेको छ । बैठक भोलि दिउसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीला स्मृति प्रतिष्ठानको भवनमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । कतिपय आन्तरिक र पार्टी एकतासम्बन्धी विषयका कारण बैठक भोलिलाई सारिएको बताइएको छ ।
बिहीबार र शुक्रबार बसेको माधव नेपालपक्षीय केन्द्रीय कमिटी बैठकले आफूहरूलाई एकताबद्ध बनाउने हो भने आजका लागि तोकिएको केन्द्रीय कमिटी बैठक रोक्न चेतावनी दिएको थियो । उनीहरूकै आग्रह बमोजिम बैठक भोलिलाई सारिएको हो । वरिष्ठ नेता नेपालले बैठक स्थगित गर्न र सदस्यता वितरण तथा वडा तहसम्मका अधिवेशनहरु स्थगन गर्न माग गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्