काठमाडौं । कांग्रेस नेतृत्वको गठबन्धन सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आज दिउंसो चार बजे सिंहदरबारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको उपस्थितिमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । सत्तारुढ गठबन्धनले गठन गरेको सात सदस्यीय कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि दुई दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको थियो ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले दुई साता लगाएर साझा कार्यक्रम र कार्यविधि तयार गरेको थियो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आज प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो । ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ नाम दिइएको उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकता समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्