काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ ।
औद्योगिक क्षेत्रमा रहेको नेविको विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ । बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आउन नसकेको हो । हेलिकप्टरबाट आगलागी भएको ठाउ“मा पानी खनाइएको भएपनि घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ ।
शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । ९ घण्टाको कठोर प्रयासपछि आगलागी नियन्त्रण आएपनि क्षतिको विवरण आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्