काठमाडौं । अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेने भएकाले सतर्क रहन आग्रह गरीएको छ । हाल मनसुनी वायुको प्रभाव रहेकाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । नदिका तटहरुमा सतर्क रहन र पहिरोको जोखिम पनि हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । शुक्रवार दिउँसो प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । शुक्रबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने महाशाखाले जनाएको छ। यस्तै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्