ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्को आकलन गर्न नसके आगामी दशक भयावह हुनसक्छ – सांसद


एबीसी / संवाददाता

काठमाडौं । प्रतिनिनिसधाका सांसदले विपद्को जोखिमलाई आँकलन गर्न नसके आगामी दशक भयावह हुने बताउनुभएको छ ।प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र का गिरिराजमणि पोखरेले बेलैमा जोखिम रोक्नतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पानीको भण्डारले चुरे अत्यन्त जोखिममा रहेकाले त्यसका कारण अन्नको आधार तराई क्षेत्र पनि खतरामा परेको बताउनुभयो ।

“चुरेको जोखिमलाई आँकलन गर्न नसके आउँदा १० वर्षमा अवस्था भयावह हुनेछ”, उहाँले भन्नुभयो । क्षति न्यूनिकरण, वातावरण संरक्षण तथा जोखिम रोक्ने सवालमा विभिन्न दश बँुदा प्रस्तुत गर्दै पोखरेलले हरित अभियान चलाउन पनि सरकार तथा अन्य निकायसँग अनुरोध गर्नुभयो ।

उहाँले यसपाली मनाङ र मेलम्चीमा ठूलो मनसुनजन्य घटना आएकाले प्रभावितको पुनःस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो । विकास निर्माणका कार्य कम मूल्यमा बन्नुपर्ने हुँदा जोखिम क्षेत्रमा नै बन्ने गरेको र अधिकांश विकासका पुर्वाधार पनि नदी किनारमा रहेको दृष्टान्त प्रस्तुत गर्दै उहाँले नदीको तटीय क्षेत्र सुरक्षित बनाउन नसक्दा घर तथा कृषियोग्य जमिन बगरमा परिणत हुने गरेको यथार्थ प्रस्तुत गर्नुभयो ।

उहाँले नदीका लागि आवश्यक बगर र हरित क्षेत्र छाड्न पनि आग्रह गर्नुभयो । राजमार्ग र जलविद्युत् आयोजनाका पुर्वाधार जोगाउन उहाँले ध्यानाकर्षण गराउनुभयो । सांसद महेश्वरजङ गहतराजले राप्ती नदीको बाढीले अत्यधिक क्षति पु¥याएको भन्दै तटबन्ध निर्माणमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । किसानलाई मल अभाव भएकाले सरकारले समयमै उपलब्ध गराउन पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नागरिकलाई कोभिडविरुद्धको खोप लगाउन ध्यानाकर्षण गराउँदै मनसुनजन्य विपद्लगायत नागरिकले दैनिक भोग्नु परेका समस्या समाधानमा प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले सत्ताधारी पंक्तिबाट आइरहेको निरासातर्फ प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण पनि गराउनुभयो । उहाँले एमसिसीतर्फ सङ्केत गर्दै भन्नुभयो, “भारत, चीन, अमेरिकाप्रति पहिले हाम्री साझा दृष्टिकोण बनाउँ अनि कुन सम्झौता खारेज गर्ने, कुन राख्ने कुन नराख्ने भन्ने हुन्छ ।” गणतन्त्र आइसक्दा पनि साझा विदेश नीति बनाउन नसक्नु विडम्बना भएको उहाँको भनाइ थियो ।

उहाँले विगतको एक दशक कसरी बित्यो भन्ने कुरा नभुल्न र सर्वोच्चको फैसलामा रमाउने काम नगर्न पनि नेताहरुलाई सुझाव दिनुभयो । कोभिड नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण रहेकाले अझै थप शक्तिशाली बनाउन उहाँले आग्रह गर्नुभयो । सांसद रङ्गमती शाहीले कोरोना नियन्त्रणका लागि सरकारले यथाशक्य कदम चाल्नुपर्ने बताउनुभयो ।बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का कृष्णभक्त पोखरेलले भूमिहिनका समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो । अघिल्लो सरकारले भूमिहिनका समस्याबारे चालेका कदमलाई वर्तमान सरकारले निरन्तरता दिनुपर्नेमा उहाँको जोड दिनुभयो ।

जनता समाजवादी पार्टी ९जसपा० का डा सुरेन्द्रप्रसाद यादवले विगतमा कोरोना प्रभावित भएका र नभएकालाई एउटै अस्पतालमा उपचार गराउँदा जटिलता उत्पन्न भएको उल्लेख गर्दै अबका दिनमा सो गल्ती दोहो¥याउन नहुनेमा जोड दिनुभयो ।सांसद रेणुका गुरुङले कोरोना सङ्क्रमित बढ्दै गएकाले त्यसको रोकथामका लागि सरकारले पहल गरोस् भनेर माग राख्नुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क गर्नुपर्नेमा जोड दिँदै कोरोनाविरुद्धको खोप सुनिश्चत गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com