ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राजिलमा कोभिडबाट हुने मृत्यु अझै घटेन, एक दिनमै १ हजार ३४४ को मृत्यु


एबीसी / संवाददाता
श्रावण १४, २०७८ बिहीबार  ५ : ४६ बजे

ब्राजिल । ब्राजिलमा कोभिड १९ बाट हुने मृत्यु अझै पनि घट्न सकेको छैन । यहाँका अधिकारीहरुका अनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । कोभिड १९ बाट धेरै प्रभावित देशहरुको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार ३४४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा बुधबार मात्र पछिल्लो २४ घण्टा एक हजार ३४४ जनाको ज्यान गएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । यो समेतगरी यहाँ यस सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या ५ लाख ५३ हजार १७९ पुगेको छ ।यहाँका अधिकारीहरुले बुधबार यसअघिका दिनहरुको तुलनामा धेरै नागरिकको कोभिड—१९ सङ्क्रमणबाट निधन भएको बताएका छन् ।

त्यसैगरी कोभिडबाट सङ्क्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ४८ हजार भन्दा बढी रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट सङ्क्रमित हुने नागरिकको संख्या १ करोड ९७ लाख भन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलमा दुई महिनाअघि कोभिड—१९ का सङ्क्रमितहरु घटेको भएपनि पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।

सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ । ब्राजिल सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रुपमा सञ्चालन गरेको छ । ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्रमणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाख जना सङ्क्रमितहरुमा २५८ जनाको निधन भएको तथ्यांकले देखाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

इरानका सुरक्षा प्रमुख अली लारीजानी मारिएको इजरायलको दाबी

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

काबुलको अस्पतालमा पाकिस्तानको आक्रमण, ४०० जनाको मृत्यु, २५० घाइते

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com