ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट – डब्लुएचओ


एबीसी / संवाददाता
श्रावण १४, २०७८ बिहीबार  ५ : ३६ बजे

काठमाडौं । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको भनाई छ ।

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको सङ्ख्यामा पनि थोरै बृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् । डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।

सङ्क्रमितहरुको कुल सङ्ख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् ।कतिपय देशहरुमा कोरोनाभाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

चीनले एउटा स्वर्ण अवसर खेर फाल्दैछ

बधाईपत्रसमेत हस्तान्तरण नभएपछि काठमाडौंप्रति वासिङ्टनको असन्तुष्टि

हंगेरीको प्रधानमन्त्रीमा पिटर माग्यार निर्वाचित, ‘प्रणाली परिवर्तन’ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com