ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तानमा शान्तिका लागि नयाँ सरकार गठन हुनुपर्ने तालिबान समूहको दावी


एबीसी / संवाददाता

अफगानिस्तान । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता लाने प्रक्रिया अघि बढाइएको भनी समाचारहरू आइरहेका समयमा यहाँ द्वन्द्वरत तालिबान समूहले अफगानिस्तानको शान्तिका लागि नयाँ संयुक्त सरकार गठन आवश्यक भएको बताएको छ । अमेरिकी सेनाको आगमनसँगै करिब दुई दशकदेखि आफ्ना गतिविधिलाई आफ्नो प्रभाब क्षेत्र र ग्रामिण इलाकामा चलाउँदै आएको तालिबान समूहका एक नेताले एपीसँगको कुराकानीमा तालिवानको चाहना अफगानिस्तानको सत्तामा एकल नेतृत्व नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताए । शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनु पर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नु पर्ने तालिबानले माग गरेको छ ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस ९एपी० सँगको अन्तर्वार्तामा तालिबानमा प्रवक्ता सुहेल शाहीनले अफगानिस्तानको भविष्यलाई लिएर तालिबानको अडान स्पष्ट पार्नुभएको हो । तालिवानले विभिन्न देशसँग गरिरहेको वार्ताको प्रतिनिधिमण्डलका सदस्य समेत रहेका शाहीनले एपीसँग भन्नुभयो, “वार्ताको माध्यमबाट सबै पक्षलाई स्वीकार्य हुने सरकारको वातावरण बनेको र अशरफ घानीको सरकार हटेमा मात्रै तालिबानले हतियार बिसाउने छ । तालिबानको स्पष्ट धारणा के हो भने हामी सत्तामा एकाधिकार चाहँदनौं किनकी विगतमा जतिपनि सरकारले सम्पूर्ण शक्ति आफ्नो हातमा लिने प्रयास गरे उनीहरु सबै असफल बने ।” तालिबान असफल बन्न चाहन्न । सरकार र विपक्षीको मिलनविन्दु नयाँ समीकरणसहितको संयुक्त सरकार हुनसक्ने उहाँले बताउनुभयो ।

विगतमा तालिबान नेतृत्वको सरकारलाई पनि असफल भएको स्वीकार्दै फेरि पनि त्यहि फर्मुला दोहो¥उाउन नचाहेको शाहीनले बताउनुभयो । राष्ट्रपति अशरफ घानीका सम्बन्धमा कुनै पनि सम्झौता नगर्ने तालिबानको धारणा रहेको छ । मङ्गलबार बकरीदको अवसरमा राष्ट्रपति घानीले आफ्नो भाषणको क्रममा तालिबानमाथि देशब्यापी आक्रमण गर्ने बताउनुभएको थियो । प्रतिउत्तरमा तालिबानले घानीलाई ‘युद्धका व्यापारी’ को सज्ञा दिएको थियो । तालीबान नेता शाहिनले घानीले सन् २०१९ को निर्वाचनमा धाँधली गरी सत्तामा पुगेको दावी गर्दै जनमत अर्कैतिर रहेको दावी गर्नुभयो । देशमा शासन गर्ने अधिकार घानीले गुमाइसकेको उहाँको तर्क थियो । तत्कालिन निर्वाचनमा घानी र उहाँका प्रतिस्पर्धी अब्दुल्लाह अब्दुल्लाह दुबैले जितको दाबी गर्नुभएको थियो । पछि सत्ता समीकरण बन्दा दुईबिच सम्झौता भएको थियो । सम्झौता अनुसार अब्दुल्लाहलाई सरकारमा दोस्रो नम्बरको स्थान दिइयो र वार्ता समितिको प्रमुख बनाइएको थियो ।

अफगानिस्तानबाट अमेरिकी तथा नेटो सैनिकको अन्तिम समूहहरु फिर्ता हुने क्रम जारी रहँदा तालिबानले आफ्नो पकड बिस्तार गर्दै लगेको छ। हालै अमेरिकी सैनिकका उच्च अधिकारी जनरल मार्क मिलीले रक्षा मन्त्रालय पेन्टागनमा भएको पत्रकार सम्मेलनमा तालिबानले रणनीतिक बिस्तार हाँसिल गरेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com