काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार २३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १० हजार ५६९ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५३९ जना र ३ हजार २६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् । ।
प्रतिक्रिया दिनुहोस्